अमृत चामल खान योग्य

टीकापुर, ३० जेठ/भारतीय उत्पादित अमृत चामल  खान योग्य भएको खाद्य प्रबिधि तथा गुर्ण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ । उक्त कार्यालयले जेठ २८ गते चामल परिक्षण गरी खान योग्य भएको प्रतिबेदन टीकापुर नगरपालिकालाई पठाएको हो ।
खाद्य प्रबिधि तथा गुर्ण नियन्त्रण कार्यालयले चामल बोर जानकारी गराएपछि नगपालिकाले २८ गते नै सुचना जारी गरी चामल बारे टीकापुरबासीलाई जानकारी गराएको हो । चामलका बारेमा नगरपालिकामा गुनासो आएपछि जेठ २६ गते प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको नेतृत्व मा गएको अनुगमन टोलीले टीकापुर १ व्यबसाय क्षेत्रमा रहेको बुढा ट्रेडर्समा बिक्रीका लागि राखिएको अमृत चामलको नमूना संकलन गर्नुको साथै बिक्रीमा रोक लगाएको थियो ।
‘‘गुनासो आएपछि बुढा टूेडर्समा अनुगमन टोली गएको थियो , करिब ८ कट्टा चामल भेटिएको र उक्त चामलको नमूनाका लागि एक कट्टा चामल नगरपालिका ल्याएका थियौ ,’’ टीकापुर नगरपालिकाका अधिकृत रञ्जु आचार्य ले भन्नुभयो,‘‘ चामल को नमुना परिक्षण गर्दा खान योग्य रहेको परिक्षणबाट देखिएपछि बुढा टे«डर्सबाट नमूनाका लागि ल्याएको चामल फिर्ता लैजान भन्दा मान्नु भएको छैन ।’’ खाद्य गुर्णस्तरको टोली भ्यान लिएर टीकापुर आइ चामल परिक्षण गरेको आचार्यले बताउनुभयो । उता बुढा ट्रेडर्सका सञ्चालक कृष्ण बुढाले अमृत चामल भारतीय भएपनि टीकापुरमा सबैभन्दा बढी बिक्री हुने चामल भएको बताउनुभयो । उहाँले चामलका बारेमा प्रतिशोध हो या अरु केही कारणले उजुरी गरेको बताउँदै चामल खान योग्य भएको प्रमाणित भएको बताउनु भयो । ‘‘नमूना परिक्षणका लागि चामल लैजाँदा होहल्ला गरियो र बद्नाम गर्ने काम भयो,’’ बुढाले भन्नुभयो,‘‘ नगरपालिकाले नमुनाका लागि लगेको चामलको बोरा फिर्ता दिएको थियो मैले  लगेन ।’’ उहाँले चामलका बारेमा मात्र नभई पशलको समेत बद्नाम भएको गुनासो गर्नुभयो । अनुगमन गरेपछि सत्यतथ्य कुरा नगरपालिकाले जनतामाझ बताउनुपर्छ भन्ने माग व्यापारी को हो भन्नुभयो ।
टीकापुर उद्योग बाणिज्य संघ का पूर्ब महासचिब सुरेन्द्र किशोर गिरीले अमृत चामल भारतीय उत्पादन हो भनेर बोरामै लेखिएको
छ यसमा ढाट्ने कुरै भएन तर परिक्षण गरेपछि नगरपालिकाले पनि जनतालाई बुझाइदिनुपर्छ भन्नुभयो । ‘‘यति खेर टीकापुरमा नेपालगञ्ज बाट सय दुई सय बोरा दैनिक अमृत चामल आउछ, यस्तो ब्राण्डको चामलमा अनावश्यक हल्लाखल्ला भयो भने गलत सन्देश जान्छ,’’ पूर्ब महासचिब गिरीले भन्नुभयो,’’ यस्ता बिषय मा काम गर्दा नगरपालिकाले गम्भिरता देखाउनु पर्छ ।’’
‘‘मान्छेको स्वास्थ्यसंग खेलवाड गर्ने अधिकार कसैलाई छैन , त्यस का लागि सम्बन्धित निकायले चासो देखाउनु स्वभाविकै हो तर कसैले उजुरी गर्दैमा र अनुगमनका नाममा हुने भद्धा मजाक हुनुहुँदैन ।’’  गिरीले भन्नुभयो ।
विन्दोबालाजी  फुड प्रोडक्टस प्राइभेट लिमिटेड बहराइचले उत्पादनको गरेको अमृत चामल २५ किलोको प्याकेटमा आउने  गरेको छ । मध्यम खालको यो चामल अधिकांसले रुचाउने गरेकै कारण नेपाली चामल भन्दा बढी बिक्री हुने गरेको व्यापारीहरुको भनाई  छ ।