स्थानीय तहमा संसदीय अभ्यास सम्बन्धी पत्रकारलाई अभिमुखिकरण कार्यक्रम

टीकापुर, २२ असार/स्थानीय तहमा संसदीय अभ्यास सम्बन्धी पत्रकार अभिमुखिकरण कार्यक्रम कैलालीको जानकीमा भएको छ । जानकी गाउँपालिकाको सहकार्य तथा कैलाश मष्टा मिडिया प्रालि धनगढीको आयोजनामा कार्यक्रम भएको हो । यो तालिमपछि संसदीय अभ्यास सम्बन्धी सम्बन्धी पत्रकारलाई ज्ञान मिल्ने बरिष्ठ पत्रकार मनमोहन स्वाँरले बताउनु भयो ।
पालिका अध्यक्ष गणेश चौधरी ले संसदीय अभ्यासबारे पत्रकारलाई जानकारी दिन आवश्यक भएकाले यो कार्यक्रम गरिएको बताउनुभयो । अध्यक्ष चौधरीले पालिकाहरुमा हुने सभाको मर्यादा पत्रकारले पालन गरे नगरेको समिक्षा पनि हुने र सभामा बस्दा ध्यान दिने कुरा, पहिरन आदि बारे जानकारी हुनुपर्ने बताउनु भयो ।
अध्यक्ष चौधरीले समस्या पत्रकारमा मात्र नभइ जनप्रतिनिधि मा समेत भएको बताउनुभयो । विगतमा पालिकामा गाउँसभा नभइ आमसभा जस्तो हुने गरेको बताउँदै आफू आएपछि गाउँसभा गर्नुपर्छ भनी अभ्यास गर्ने प्रयास थालेको बताउनु भयो । आफ्नै भवन नभएकाले अभ्यास गर्न कतिपय कठिनाइ भएको बताउँदै, कतिपय ठाउँमा विवाद भएका देखिएका, संसदीय अभ्यासबारे सिकाउनुपर्छ भनी यो कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा बसेपछि संसदीय रिपोटिङ कसरी गर्ने भन्ने सिकाइ भएको सहभागी गीता चौधरीले बताउनुभयो ।
लम्कीका पत्रकार लोकबहादुर देउवाले विगतमा स्थानीय तहमा समाचार लेखिरहेको भएपनि संसदीय रिपोटिङ गर्दा पत्रकारले प्रस्तुत हुँदा मर्यादा पालन नगरेको देखिने भएकाले यो अभिमुखिकरणबाट सिकाइ भएको, पालिकामा भएका समिति र उपसमितिको कामबारे रिपोटिङ गर्ने ज्ञान भएको बताउनुभयो ।
कार्यक्रममा सहजीकरण टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर मीनबहादुर शाही, विज्ञ प्रशिक्षक सच्चिदानन्द जोशी, पत्रकार एकिन्द्र तिमिल्सिना लगायतले गर्नुभएको थियो ।