सत्ता र सरकारमा अल्झिरहँदा बैरीले २० बर्षे रणनीति बनाएको प्रचण्डको भनाई

सम्पादकीय

सत्ता भन्दा बाहिर भएका बामपन्थी नेताहरु यतिखेर तिलमिलाएका छन्। । फागुनमा भएको निर्बाचनमा नराम्रो पराजय भोगेका एमाले र माओवादी आफ्नै गन्थनमा लागेका छन् । पटक पटक अवसर पाए तर अवसर पाएकाबेला राजा ठाने आफु लाई । यिनीहरु सान सौगतमा लाग्दा कर्मचारीतन्त्र पुरै भ्रष्ट भयो । कर्मचारीले जनताको काम अड्काउने भन्दा अरु केही गरेनन् । नेताका काम गरिदिने अनी आम नागरिकका काम बिना पैसा नहुने अवस्थामा मुलुक पुगेको थियो । नयाँ सरकार आएपछि केही न केही सुधारका काम भइरहेकाछन् । यसरी दिनप्रतिदिन सुधारका काम हुने हो भने एमाले र माओवादीले स्थानीय र प्रदेशको निर्बाचनमा नराम्रो पराजय भोग्नुपर्ने निश्चित हो । जनयुद्धका नाममा गरेको धोकालाई प्रचण्डले बिर्सेको जस्तो गरेपनि आम नागरिकले बिर्सेका छैनन् । विपन्न नागरिकका पक्षमा वकालत गरेर एमाले र माओवादी सत्तामा पुगे तर जनताको पक्षमा काम गर्न सकेनन् । यी दुई दलमा नेतृत्व कव्जा गर्ने रणनीति बनाउने काम मात्र भयो । एमाले त अधिवेशन मार्फत नेतृत्व परिवर्तन गर्दै अघि बढेको छ तर त्यही माओवादीका अध्यक्ष प्रचण्ड अध्यक्ष बनेदेखि अर्काेले अवसर पाएको छैन । यो तहको राजनीति माओवादीमा भयो । कार्यकर्तालाई खुसि पार्ने र सत्तामा पुगेर केही निश्चित मान्छे मोटाउने काम मात्र भयो । यही कारण बामपन्थीहरुसंग जनता रिसाए । यतिखेर माओवादी र एमालेप्रति जनताको मोह भंग भएको छ । यही बुझेर यतिखेर प्रचण्ड , माधव नेपाल आत्म समिक्षा गर्न थालेका छन् । ओलीले त अझैसम्म आफ्नो कमजोरी भयो भनेर भन्न तयार छैनन् । यस्तो ढिपी भएको नेतृत्वले अरुको कुरा सुन्ने कुरै  भएन । प्रचण्डले अहिले आएर बैरी भन्दै जनताको मन जित्ने प्रयासमा लागेका छन् । उनले आफुहरु सत्ता र सरकारमा अल्झिदा बैरीले २० बर्षे रणनीति बनाएछन् भनेर दुखेसो पोखेका छन् । कम्युनिष्टहरु बढी भएका छन् ठिक पार्नुपर्छ भनेर बैरीहरु लागेका रहेछन् , अली अली त थाहा थियो तर यो हदसम्म गर्लान भनेर बुझ्न सकिएन भन्दै पुष्पलाल मित्रताको कार्यक्रममा भाषण गरे । सत्तामा पुग्न कठिन देखेपछि प्रचण्ड र ओली यतिखेर जनताको कुरा गरेर आफ्नो कमजोरी ढाकछोपमा लागेका छन् । यतिखेर उनीहरुको एउटै एजेण्डा छ जसरी पनि सरकारको बिरोध गर्नु । जनताले बुझेका छन् की कम्युनिष्ट भनेको बिपन्नका लागि होइन सत्ताको सिढीका लागि मात्र हुने भनेर । खाली कम्युनिष्ट भनेको विपन्नकोहरु पार्टी हो भन्दै झुटको खेति भयो तर दिर्घकाल हुन सकेन ।