संरक्षण गर्न दिएको बजेट शेखरले धन्यवाद दिएर गरे अस्विकार

टीकापुर, २३ साउन/वर्तमान सरकारले आर्थिक बर्ष २०८३/०८४ को बजेटमा कोइराला निवास संरक्षण गर्न बजेट छुट्याएको मा नेपाली कांग्रेसका बरिष्ट नेता शेखर कोइरालाले सरकारलाई धन्यवाद दिएर अस्विकार गर्नुभएको छ  ।
कोइरलाले बुधवार (साउन २० गते ) संस्कृति, पर्यटन तथा  नागरिक उययन मन्त्रालयलाई पत्र पठाएर  निवासको मर्मत तथा सम्भारका लागि छुट्याइएको रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने जानकारी गराउनुभयो ।
मन्त्रालयलाई पठाएको पत्रमा उहाँले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको जन्मघर संरक्षणका लागि बजेट विनियोजन गरेकोप्रति आभार व्यक्त गर्दछु भनिएको छ ।
ंविराटनगर महानगरपालिका–७ स्थित कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको कोइराला निवास  जेनजी आन्दोलनका क्रममा २०८२ साल भदौ २४ गते ध्वस्त बनाइएको हो ।
उहाँले अभाव र कष्टमा जनता रहेका बेला आफुले सरकारी स्रोतबाट रकम लिन नसक्ने बताउनुभयो । “विराटनगर महा नगरपालिका–७, कोशी अस्पताल चोक, मोरङस्थित (कोइराला निवास)को मर्मत तथा सम्हार भनी विनियोजन गरिएको उक्त रकम नैतिकरुपमा स्वीकार गर्न असमर्थ छु,” विज्ञप्तिमा  भनिएको छ । स्वर्गिय कृष्ण प्रशाद कोइरलालाले निर्माण गरेको उक्त घरलाई पछिल्लो समय कोइराला निवास भनेर चिनिन्छ । प्रजातन्त्रवादीहरुले मात्र होइन कांग्रेस बिरोधीहरु ले समेत  उक्त निवासलाई  आदर्श र सम्मानका साथ हेर्ने गरेका छन् ।
 वर्तमान सरकारसंग बिचार नमिले पनि बजेट छुट्याउनुलाई सकारात्मक रुपमा लिएको कांग्रेसका सदस्यहरुले भन्न थालेका छन् । “सरकारले बजेट छुट्याएको छ , शेखरदाईले लिन नसकिने भन्नुभएको कुरा समाचारमा देखे खुसि लाग्यो आदर्शको राजनीति गर्दै आएका कोइराला परिवारले पैसा ठूलो नठान्नु हाम्रा लागि पनि सिक्ने कुरा हो,” नेपाल महिला संघ कैलालीका कोषाध्यक्ष निर्मला कडायतले भन्नुभयो, “वीपीको निवासमा आगजनी गर्नुनै मुर्खता हो ” । उहाँले बीपीको बिचार आज पनि सान्र्दभिक भएको अवस्था यतिखेरको नेतृत्वले भने वीपीलाई भुल्दै गएको छ भन्नुभयो ।