सम्पादकीय
वर्तमान सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले साउन १९ गते बैङ्कका सिइयोहरुसंग छलफल गरेका थिए । अर्थमन्त्रीको उदेश्य थियो लगानी किन भएन भनेर खोज्नु । व्याज दर अतिन्यून भएका बेला पनि लगानीको माग नबढ्नुको कारण खोज्दै अर्थमन्त्रीले बैङ्कका सिइयोहरुलाई आफै सकृय भएर लगानी बढाउन निर्देशन दिए । निक्षेप परिचालन नहँुदा बैङ्कमा थुप्रिएको पुँजी राष्ट्र बैङ्कले खिच्ने काम मात्र गरिरहेको छ । लगानीको अवस्था दयनीय छ । लगानीको वातावरण बनाउन अर्थमन्त्री ले सकृयता देखाएका छन् । तर लगानीको वातावरण त्यसै बन्ने अवस्था छैन । वर्तमान सरकारले ऋण लगानीको वातावरण बनाउन प्रयास गरेको छ । कोरोना कार्यकालमा बैङ्कले व्यबसायीसंग चर्काे व्याज असुल्दा धेरै व्यबसायी घरबार बिहिन भएका थिए । कोरोनाकाल पछि धेरै व्यबसायीको व्यबसाय बन्द भयो त्यसको असर अहिलेसम्म छ । अहिलेपनि अधिकांसले ऋण लिन मान्दैनन् । ऋण लिएर कारोबार गर्नुभन्दा त्यसै बसेर रुखोसुखो खाएर जीवन निर्बाहा गर्नु राम्रो हुन्छ भन्नेमा छन् । सहकारीको अर्बाै रकम हिनामिना भएको छ । बैङ्कमा निक्षेप प्रसस्त जम्मा भएको अवस्था छ तर बैङ्कले लगानी गर्ने मान्छे पाउन सकेका छैनन् । यता मिटर व्याज पीडितहरुको भनाई छ लघुबित्तको ऋण तिर्न व्यक्तिसंग ऋण लिदा घरबार बिहिन भयो भन्दै आन्दोलनमा छन् । मिटर व्याज पीडितको समस्या सहजै समाधान गर्न सकिने अवस्था छैन । मिटर व्याजका नाममा पीडित हौं भन्दै माइतिघरमा आन्दोलन गरिरहेका छन् । सरकारले वार्ता पनि गर्छ तर समाधान कसरी गर्ने भन्ने समस्या छ । समस्या समाधान गर्न पीडितले भनेझै साहुबाट लिएको ऋण तिर्दैनौ भन्ने हो । अर्काे तर्फ बैङ्कले लगानी गर्ने मान्छे नपाएपछि दुई बर्ष देखि राष्टू बैङ्कले तरलता खिच्नमै समय खर्च गरिरहेको छ । यस्तो भयावह अवस्था छ । बैङ्कलाई पूराना साहू जस्ता या मिटरव्याजीका रुपमा जनताले बुझेपछि बैङ्कले लगानी गर्ने वातावरण छैन । बैङ्कले चर्काे व्याज लिएकै कारण व्यवसायी ऋण लिन डराइरहेका छन् । विभिन्न सेवाका नाममा लिने शुल्क मनपरी छ । ७ प्रतिशत व्याजमा लिएको ऋण १४ प्रतिशत असुलेको आम नागरिकले झलझली सम्झिरहेका छन् । तसर्थ सरकारले लगानी बढाउने हो भने व्याज दरमा ग्यारण्टी गर्न जरुरी छ । कम दरमा लगानी गर्ने अनी ऋण लिएपछि दोब्बर असुल्ने प्रबृत्तिलाई अन्त गर्न जरुरी छ भने व्यवासायीको वास्तविक पीडालाई सम्बोधन गर्न जरुरी छ ।