टीकापुर, ४ भदौं/टीकापुर नगरपालिकामा पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतमा महिला आउनु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा भएर आउनु भएकी उपसचिव ममता बाँस्तोला बुधबार कार्यालयमा हाजिर हुनु भएको हो ।
नयाँ प्रमुख प्रशासकिय अधिकृत वास्तोलासहित सरुवा भई टीकापुर आउनु भएका अन्य कर्मचारीलाई टीकापुर नगरपालिकाले एक कार्यक्रमका बिच स्वागत गरेको छ ।
स् वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत वास्तोलाले स्वागत गरेकोमा नगरपालिका लाई धन्यवाद दिँदै नेपाल सरकार र टीकापुर नगरपालिकाको ऐन कानुन तथा नगर कार्यपालिकाका निर्णय अनुसार नगरपालिकाका काम कारवाहीहरु अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो उहाँले कर्मचारीहरु राष्ट्रको सेवक भएकाले ऐन नियमले मिल्ने काममा सेवाग्राहीलाई दुःख नदिन र सौहार्दपूर्ण बाताबरणमा सेवाग्राहीका काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

सबै नागरिकको प्राथमिकता सुशासन भएकाले नगरपालिका बनाउने जिम्मा कर्मचारीको काँध मा हुने भएकाले भएका नीति नियममा रहेर काम समेत कर्मचारीहरुलाई निर्देशीत गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत सहित कर्मचारीहरुलाई स्वागत गर्दै टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले टीकापुर नगरपालिका एउटा परिवार भएकाले यहाँ आइसकेपछि कसैलाई काख र कसैलाई पाखा नगरी काम गर्न निर्देशन दिनुभयो ।
टीकापुर नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत सहित १३ जना कर्मचारीहरु सरुवा भएर आउनु भएको छ । यसअघिका प्रमुख प्रशाकीय अधिकृत सुमन धितालको जिल्ला समन्वय समिति कालिकोटमा सरुवा भएको छ ।