सम्पादकीय
नेपालको राजनीतिमा अवसरवादी प्रबृत्ति मौलाउँदै जाँदा नेतृत्व कमजोर भएको हो । नेतृत्वबाट लाभ लिनका लागि चाकडी गर्ने र अवसर पाएपछि आफ्नो स्वार्थमा लाग्ने व्यक्तिहरुको हुल बढ्दै गएपछि कांग्रेस र एमालेमा समस्या भएको हो । हजारौ कार्यकर्ताको लगानी छ अवसर सबैले बराबर पाउने कुरा भएन । यसरी भद्रगोलमा अवसरवादी व्यापारीक मानसिकता भएकाहरुले राज्यलाई दोहन गरे । अवसर पाए देश र जनताको पक्षमा राम्रो काम गर्छु भन्ने ज्ञान आएन । राज्य दोहनमा लागेको कुरा नेतृत्वले चाल पाएपनि सत्ताका लागि चुपचाप भएर सहनुपर्ने अवस्था थियो । हुन त यो रोग पुरानामा मात्र होइन नयाँमा पनि देखिन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि अवसरका लागि मारामार हुन थालेको छ । कतिपय सांसदहरु मन्त्री हुन नपाएको झोक देखिन थालिसकेका छन् । अवसरका लागि लागेका कतिपयले निर्बाचनमा टिकट नपाउँदा बिभिन्न आरोप लगाएर पार्टी छाडेका हुन् । हरेक बाठा मान्छेलाई अवसर अनिबार्य चाहियो भन्ने छ । सबैका सबैलाई अवसर कुनै पार्टीले दिन सक्दैन। अवसर नपाएपछि बिरोध गर्न शुरु गरिहाल्ने नेपालीको बानी बसेको छ । पुराना पार्टीमा ठूला व्यापारीक घरानालाई पद दिने प्रलन बढ्दै गयो । त्यसैले बिनोद चौधरी जस्ता व्यापारी कांग्रेसको सांसद भए । बिगतमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग लाभ लिएर देश लुटेकाहरुको स्वर फरक । उनीहरु कमजोर भएको थाहापाएपछि देउवा र ओलीका बिरुद्ध बिष बमन गर्न थालेका छन् । हिजो सत्तामा भएकाबेला लाभ लिनेहरु यतिखेर लाखापाखा मात्र होइन नेतृत्व खराव हो भन्न थालेका छन् । यसरी भ्रष्टहरु यतिखेर आफु चोखो अनी देउवा र ओली गलत भनेर सावित गर्न थालेका छन् । पैसाका लागि समानुपातिक कोटा बिक्री भएको गुनासो आयो । इमान्दार नेता कार्यकता पछि पर्दै गएभने पछिल्लो समय हरेक अगुवा नेतामा अवसरवादी प्रबृत्ति हाबी हुँदा समस्या हुन थालेको हो । कसरी हुन्छ आफुले लाभ लिन सकिन्छ भन्ने सोच पालेकै कारण आपसमा अबिश्वास पनि बढ्दै गएको हो । अबिश्वास बढ्दै जाँदा नेताहरुले मनपरी गर्ने गरेका छन् । हरेक समाजमा वेथितीमा रमाउनेहरुको संख्या ठूलो । समाजलाई कसरी अघि बढाउने भन्ने बारेमा सोच्नु भन्दा समाजबाट कसरी दोहन गर्न सकिन्छ भन्ने मानसिकताको विकास भएको छ । आम नेपाली सचेत हुन जरुरी छ । यो रहेक समाजको समस्या हो । गलत र राम्रा मान्छे हरेक समाजमा हुन्छन् ।