टीकापुर, १३ भदौं/टीकापुर नगरपालिकाको वर्तमान समस्या का विषयमा टीकापुर उद्योग बाणिज्य संघले चाँसो व्यक्त गरेको छ । अहिलेसम्म चालु आर्थिक वर्षको वजेटको अख्तियारी नभई कामहरु सञ्चालन नभईरहेको अवस्थामा उद्योग बाणिज्य संघले चाँसो व्यक्त गरेको हो ।
उद्योग बाणिज्य संघले वर्तमान समस्या समाधानका विषयमा टीकापुर नगरपालिकाका वडाध्यक्ष र कार्यवाहक नगरप्रमुख रामबहादुर नर्गाजीलाई राखेर छलफल समेत गरेको छ ।

छलफलमा रामबहादुर नर्गाजी लाई नै कार्यवाहक मानेर जाने विषयमा आफूहरु एक मत भएका वडाध्यक्षहरुले बताएका छन् ।
तर कार्यवाहक नगरप्रमुख रामबहादुर नर्गाजीले आफूलाई वाइपास गरेर ल्याएको वजेटलाई आफुले अख्तियारी दिन नसक्ने, आफूले अख्तियारी दिनुपर्ने भए नगरसभा फेरी हुनुपर्ने अडान राखेपछि छलफल निष्कर्ष बिहीन भएको थियो ।
छलफलमा सहभागि उद्योग बाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले पनि वडाध्यक्षको भनाईहरु सकारात्मक आएको र जसरी हुन्छ नगरपालिकालाई निकास दिने विषयमा एक मत भएर जान सुझाव दिनु भएको छ ।
टीकापुर नगरपालिकाको चालु आर्थिक वर्षको वजेटको अहिले सम्म अख्तियारी पालिकाबाट नभएकाले नगरपालिकाका कुनै पनि काम हुन सकेका छैनन् । छलफलका वडा नम्बर ६ का वडाध्यक्ष वाहेक अन्य सबै ८ ओटा वडाध्यक्षहरु, टीकापुर उद्योग बाणिज्य संघका पदाधिकारी, पत्रकारहरुको सहभागिता रहेको थियो ।