टीकापुर, १६ भदौं/भदौ १० गते भोटेकोसीमा आएको बाढीले बेपत्ता भएका मजदुर परिवारले सोमवार आक्रोस पोखेका छन् । निर्माणाधिन जलबिद्युत सुरुङमा फसेका मजदुर परिवारले आफन्त को खोजीमा ढिलासुस्ति भएको भन्दै आक्रोस पोखेका हुन् । टीकापुर १ समितिपुरका स्थानीय र पीडित परिवारले सञ्चारकर्मीसंग कुरा राख्ने क्रम मा ‘की सास की लास ’ चाहियो भन्दै आक्रोस पोखेका हुन् । उनीहरुले ६ दिनसम्ममा पनि आफन्तको केही सुचना नपाएको भन्दै सरकारप्रति रोष प्रकट पनि गरे । सुरुङमा फसेका मजदुरका आफन्त र स्थानीय सोमवार १ बजे पत्रकार आउने भएपछि समितिपुरमा जमा भएका थिए । ६ दिनसम्म केही अत्तोपत्तो नभएपछि कतिपयले आशा मार्न थालेका छन् भने कतिपयले सरकारले काम गरिरहेको छ भनेर आशा छ भन्ने गरेका छन् । उनीहरु केवल उद्धार चाडो होस् भन्नेमा छन् ।

समितिपुर र भुतपूर्ब कमैया बस्तीका २२ जना सुरुङमा फसेका छन् । करिब डेढ महिना अघि मात्र त्रिशुली ३ ए जलबिद्युत कम्पनीमा काम गर्न गएका मजदुर सुरुङमा फसेका छन् । यतिखेर मजदुरका घरमा रुवाबासी छ । एकातिर मजदुर आफन्तको खोजी चाडो होस् भन्नेमा थिए । उनीहरुले पत्रकारले बोलदिएपछि केही हुन्छ की भन्ने आशा गरेका थिए । यही समयमा टीकापुरको एउटा समूह राहत बाड्न समितिपुरमा गएको थियो । उनीहरुले राहत लिन मानेनन् । राहत दिन गएकाहरुले सम्झाउँदा पनि उनीहरु राहत लिन तयार भएनन् । राहत बाड्न गएको समूह संग मजदुरका आफन्त र स्थानीयले आक्रोस पोखे ।
“हामी खान नपाएका होइनौ अहिले हाम्रो आफन्तको खोजि चाडो होस् भन्ने हो”, स्थानीय सेतु देबि चौधरीले भन्नुभयो, “मान्छे खोज्नु कहाँ छ कहाँ राहत दिएका छन् ।” हाम्रो मान्छे धनगढी पठाउन नसक्ने अनी राहत दिन भनेर आउने भन्दै उनीहरुले आक्रोस पोखे ।

मेरो भाई र भतिजो फसेको छ भन्दै स्थानीय मल्लुराम थारुले हामीलाई की सास चहियो की लास चाहियो भन्नुभयो । उहाँले हामीलाई यतिखेर राहत भन्दा पनि हाम्रा मान्छेको उद्धार चाहिएको हो भन्नुभयो । राहत लिने नलिने बहसले चर्को रुप लिएपछि राहत बाड्न गएको समूह त्यसै फर्केको छ । त्यो समूहले ४ बजे जमा हुन भन्दै थियो ।
राहत बाड्न गएका मध्य समाजसेवी लोकबहादुर बढा क्षेत्रीले गृहमन्त्रालय देखि अन्य निकायसंग समन्वय गरेर राहत संकलन गरेको बताउनुभयो । उहाँले मजदुरको घरमा खाद्यान्न अभाव भएको होला भनेर संकलन गरेको खाद्यान्न , तेल लगायतका सामाग्री दिन आएको तर बिबाद भएको बताउनुभयो । राहत बाड्न गएकाहरुले हामी राजनीति गर्न होइन सेवा गर्न आएका हौं भन्दै थिए तर पीडित परिवारले अहिले राहत नभएर उद्धार चाहिएको बताए ।
स्थानीय अगुवा रमेश चौधरी ले पत्रकारलाई कुरा राख्न भनेर पीडित एक ठाउँमा जमा भएपनि एउटा समूह राहत बाड्न आएको बताउनुभयो । उहाँले पीडित परिवार राहत भन्दा पनि आफ्नो मान्छेको खोजी चाँडो हो्स भन्ने हाम्रो माग हो
भन्नुभयो ।
आफन्त सम्पर्क बिहिन भएपछि उनीहरुले गाउँको बडघरलाई पैसा उठाएर काठमाण्डौ पठाएका छन् । नेपालगञ्जसम्म जाने व्यबस्था गरिदेउ भन्दा नगरपालिकाले वास्ता गरेन भन्दै पीडित सुगन्ती चौधरीले २÷२ हजार रुपैया उठाएर हवाई मैदानबाट काठमाण्डौ पठाएको बताउनुभयो । यतिखेर मजदुरको भावना बुझ्न जानेको लर्को छ तर सहयोग कसैले गरेको छैन ।