टीकापुरबाट धमाधम राहत प्रदान गर्दै

टीकापुर, १८ भदौं/भदौं १० गते भोटेकोशीमा आएको बाढीबाट पीडित नागरिकका लागि स्थानीय स्तरबाटै राहत संकलन गर्ने  र प्रधानमन्त्री राहत कोषमा जमा गर्ने काम धमाधम भइरहेको छ ।  नागरिकले स्वफूर्त व्यक्तिगत तथा सामूहिक रुपमा रकम संकलन गरेर प्रधानमन्त्री राहत कोषमा  जमा गर्न थालेका हुन् । यतिखेर सामाजिक सञ्जालमा राहत कोषमा रकम जमा गरेका भौचरहरु प्रसस्त देख्न   पाइन्छ । उसो त यस पटक जनताले सरकारले अनुरोध गरेको केही दिनमै अर्बाै रुपैया राहत कोषमा रकम जमा गरेका छन् । बिदेश बाट समेत नेपालीले राहत कोषमा रकम जमा गर्न थालेका छन् ।
यता टीकापुरमा पनि बिभिन्न व्यक्ति आफैले प्रधानमन्त्री राहत कोषमा क्युआर गरेर धमाधम रकम जमा गरिरहेका छन् भने बिभिन्न संघ संस्थाले पनि राहत कोषमा पैसा जमा गर्न थालेका छन् ।
बुधवार मात्र टीकापुर स्थित ओम कृष्ण अस्पतालले २ लाख ११ हजार एक सय ११ रुपैया जमा गरेको जनाएको छ भने टीकापुर स्थित गल्ला मण्डी समितिले ५१ हजार रुपैयाँ जमा गरेको जनाएको छ । निबृत्त शिक्षक समाज कैलालीले १५ हजार रुपैया जमा गरेको छ । टीकापुर व्युटिसीयन एसोसिएसन ले १० हजार ५ रुपैया जमा        गरेको अध्यक्ष शिला सापकोटाले जानकारी गराउनुभयो । मदन वावा भक्ति केन्द्रले ३ लाख ४० हजार रुपैया राहत कोषमा रकम जमा गरेको समाचार प्राप्त भएको छ ।
  टीकापुरमा साना सहरी खानेपानी संस्थाले १ लाख ५१ हजार एक सय ११ रुपैया जमा गरेको छ भने टीकापुर उद्योग बाणिज्य संघले एक लाख ११ हजार एक सय ११ रुपैया जमा गरेको छ । नगरपालिकामा रहेका बिभिन्न टोल समिति र बिद्यालयले पनि प्रधानमन्त्री राहत कोषमा रकम जमा गर्न थालेका छन् ।
यसै गरी महिला जागरण सहकारी सस्थाले ४५ हजार ५ सय ५१ रुपैया जमा गरेको छ ।  टीकापुर १ साझेदारी वडा सञ्जालका १२ वटा टोल मार्फत संकलन भएको एक लाख २४ हजार ९ सय १० रुपैया राहत कोषमा जमा गरेको सामाजिक अगुवा सृजना  शर्मा पण्डितले जानकारी गराउनुभयो । ‘यस्तो विपतकाबेला सबैले सहज रुपमा रकम प्रदान गर्नुभयो , पण्डितले भन्नुभयो, ‘यतिखेर बाढी पीडितको पीडा एकातिर छ भने खर्बाै रुपैयाको धनजन नोक्सान भएको छ । कतिपयले बजारबाट राहत संकलन गर्न थालेका छन् । यस पटक अधिकांस ले प्रधानमन्त्री राहत कोषमा रकम जमा गर्न थालेका छन् ।
सरकारले क्युआरको व्यबस्था गरेपछि  सानो ठूलो सबै रकम कोषमा जमा गर्न सहज भएको छ ।  प्रधानमन्त्री उद्धार तथा राहत कोषमा बुधवारसम्ममा ७ अर्ब ८८ लाख ५७ हजार २ सय १७ रुपैया जमा भएको छ भने त्यस बाहेक ६१ लख ४१ हजार ७ सय २अमेरिकी डलर पनि जमा भएको प्रधानमन्त्री बालेन शाहले बुधवार संसदलाई जानकारी गराउनु भएको हो ।
भदौ १० गते रसुवामा आएको बाढी बाट ज्यान गुमाएका एक हजार एक सय १४ जनाको शब भेटिएको जनाइएको छ । हजारौं अहिले पनि बेपत्ता छन् । वास्तविक तथ्याक आउन अझै समय लाग्ने जनाइएको छ ।