धनगढी, २८ भदौं/सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यता को अवस्था अन्त्य गर्न बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रिया शीघ्र अघि बढाउने निर्णय गरेको हो ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बजेट शून्यताको अवस्था लामो समयसम्म रहँदा प्रदेश सरकारका नियमित कामकाज तथा विकास निर्माणका गतिविधि प्रभावित हुन सक्ने भन्दै बजेट निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा दलहरू बीच सहमति जुटेको हो ।
प्रदेशको वर्तमान आर्थिक अवस्था र आवश्यकतालाई समेत ध्यानमा राख्दै कानुनी तथा प्रक्रियागत पक्ष पूरा गरी बजेट निर्माणको काम तत्काल अघि बढाउने निर्णय बैठकले गरेको छ ।
सर्वदलीय सहमतिसँगै प्रदेश सरकारलाई बजेट निर्माण र त्यससँग सम्बन्धित आवश्यक कानुनी प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।