टीकापुर, २९ भदौं/मंसिर १३ देखि २४ गतेसम्म हुने भनिएको गोपाल अष्टोत्तरसत १०८ कुण्डिय विराट कोटीहोम महायज्ञ फागुन १३ देखि २४ सम्म हुने भएको छ ।
आयोजक समितिको आइतबार बसेको बैठकले महायज्ञ फागुनमा गर्ने निर्णय गरेको हो । विपद्ले मुलुक संकटमा परेको भन्दै आयोजक समितिले महायज्ञ केही महिना पर सारेको हो । ‘तयारी हाम्रो तिब्र रुपमा भइरहेको थियो, यतिखेर देशमा परेको विपत्तिले हामी सबै पीडामा छौ काम गर्ने मुड पनि छैन , केही दिन सार्दा राम्रो हुन्छ भनेर सबैको सल्लाहाले फागुनमा गर्ने निर्णय गरेको हौं, महायज्ञ आयोजक समितका सह व्यबस्थापक नवराज रावलले भन्नुभयो ,‘महायज्ञका तयारी स्थगन भएको होइन,खालि विपत्तिका कारण मिति पर सारेका हौ ।’

उहाँले महायज्ञ सफल बनाउन बिभिन्न सामाजिक अगुवाहरुलाई जिम्मेवारी प्रदान गरिएको बताउँदै अन्य जिम्मेवारी क्रमशःप्रदान गर्दै जाने बताउँनुभयो । अनन्त विभुषित श्री १००८ महामण्डलेश्वर स्वामी इश्वर चैतन्य जि महाराज संयोजक भएको समितिमा महासचिबको जिम्मेवारी भैरब रावललाई दिइएको छ । यसै गरी सचिबमा दयाराम सञ्याल, कोषाध्यक्षमा रामबहादुर भण्डारी रहनुभएको छ भने सहकोषाध्यक्षमा नरबहादुर कडायत र मकर केसी लाई जिम्मेवारी प्रदान गरिएको छ ।
प्रचार प्रसार उपसमितिको संयोजकमा भुवनेश्वर अधिकारी हुनुहुन्छ भने काठमाण्डौ सम्र्पक गर्नका लागि चेतमान खत्रीलाई जिम्म्ेवारी प्रदान गरिएको छ । लेखन तथा सम्पादनको जिम्मेवारी डाक्टर योगेन्द्र बजगाई लाई दिइएको छ भने भण्डारा उपसमितिको संयोजकमा राजु बम रहनुभएको छ ।
१०८ कुण्डमा गोपाल अर्थात भगवान कृष्णकै नामबाट आहुती हुनेछ । सवा करोड माथि आहुती गरिने, यो कोटिहोममा ५ सय जोडीले कर्ताका रुपमा सहभागिता जनाउने अनुमान गरिएको छ । यो कोटीहोम महायज्ञमा १८ पुरायण, ४ बेदको पारायण हुनेछ । यज्ञ प्रकटका लागि पौराणिक हिसावले अग्नी प्रकट भएको ज्वालाक्षेत्रबाट अग्नी ल्याएर यज्ञ शुभारम्भ गरिने चैतन्य महाराजको भनाइ छ ।
महायज्ञका लागि जानकी र टीकापुरका एक सय बढी बड्घरलाई मुल समितिमा राखिएको छ । यसै गरी यस क्षेत्रका शिक्षक तथा अन्य पेशाकर्मीलाई महायज्ञको अयोजक सदस्य बनाइएको छ । हरेक तप्कालाई समेटेर भव्य रुपमा महायज्ञ सम्पन्न गर्न सबैको सल्लाहा लिन थालिएको छ ।
महायज्ञका लागि थप समिति बन्दै जाने र जिम्मेवारी पनि दिंदै जाने तयारीमा लागेको आश्रमका महासचिब पुष्प बमले बताउनु भयो । उहाँले धेरैलाई जिम्मेवारी बाँडफाँड गर्न बाँकी छ , क्रमशः जिम्मेवारी दिदै जाँदा काम गर्न सहज हुन्छ भन्नुभयो । “यो हाम्रा लागि ऐतिहासिक महायज्ञ हुनेछ, यस क्षेत्रका हरेक सदस्यले सकेजति सहयोग गर्नुहुने छ भन्ने आशा गरेका छौ ”,बमले भन्नुभयो, “ धार्मिक र पर्यटकीय दृष्किोणले मात्र होइन हाम्रो पहिचानका लागि पनि महायज्ञ महत्वपूर्ण छ ।”
१०८ कुण्डमा गोपाल अर्थात भगवान कृष्णकै नामबाट आहुती हुनेछ । सवा करोड माथि आहुती गरिने, यो कोटिहोममा ५ सय जोडीले कर्ताका रुपमा सहभागिता जनाउने अनुमान गरिएको छ । यो कोटीहोम महायज्ञमा १८ पुरायण, ४ बेदको पारायण हुने छ । यज्ञ प्रकटका लागि पौराणिक हिसावले अग्नी प्रकट भएको ज्वालाक्षेत्रबाट अग्नी ल्याएर यज्ञ शुभारम्भ गरिने चैतन्य महाराज को भनाइ छ ।
उहाँका अनुसार यहाँ नेपालभरिका सन्त, आध्यात्मीक, जगतपुरु, शंकराचार्य र भारतका जगतगुरु समेत उपस्थिति हुनेछन् । १०८ ब्राह्रमण नियुक्ति गरिने, त्यसबाहेक अन्य ब्राहमण राखेर यज्ञ गरिनेछ । महायज्ञमा ११ हजार शालिग्राम एकसाथ राखेर पुजा गरिनेछ । यहाँ विवाह, ब्रतबन्ध तगायतका सबै धार्मिक अनुष्ठान समेत आयोजना हुने छन् ।