सम्पादकीय
जेनजीको आन्दोलनले कांग्रेस र एमालेको सरकार सडकबाट गयो । पुराना नेताहरुबाट जनता दिक्क भएको जस्तो नेपाली समाजमा भयो । पुराना नेताहरुले केही गर्न सकेनन् भन्ने भाष्य बनाइयो । कांग्रेस एमाले र माओवादीमा लागेका सबै खराव छन् भन्ने देखाउने प्रयास भयो । जनताले मुल्याकंन गरेको भए गलत मान्छे निर्बाचनमा होस या सामाजिक अगुवा बन्नबाट रोकिन सक्थे । भोट दिने पछुताउने प्रबृत्तिले पैसाको बलमा राजनीति गर्नेहरु हाबी भए । अर्काे तर्फ काम नगरेर खान खोज्ने कथित युवाहरु बार्गेनिङमा लागे । कांग्रेस , एमाले र माओवादीका अधिकांस युवाहरु बार्गेनिङको राजनीतिमा लागेपछि नेताहरु भ्रष्ट हुँदै गए । कार्यकर्ता पाल्न पनि पैसा कमाउनुपर्ने भयो ,पैसा भएन भने राजनीति नहुने अवस्थामा पुगेको छ । यतिखेर पुराना दलमा स्वार्थी र लोभिपापीको भिडले नेताहरुलाई भ्रष्ट हुन बाध्य बनायो । जेनजी आन्देलनले अब भ्रष्टहरुलाई सामाजिक अगुवा बनाउने होइन भनेर प्रष्ट सन्देश दिएको छ । जेनजी आन्दोलनले काममा लागेका युवाहरुको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएको छ । त्यति मात्र होइन वर्तमान सत्ताधारी दलमा एक सय एक युवा त्यो पनि पढेलेखेका युवाहरु छन् । सत्ताधारी दलमा त्यस्ता युवाहरुको भिड छ भने पुराना दलमा युवाहरु भएपनि कम पढेलेखेका र पूर्ण रुपमा बेरोजगार युवाहरु छन् जो आफु नेतृत्व हुँ भनेर गफ दिनमा व्यस्त छन् । सामाजिक संघसंस्थामा गएर रोजगार बन्ने युवाहरुले समाजमा कस्तो सन्देश दिन्छन् ? पुराना दलमा भएका युवाहरु बेरोजगार युवाहरुले कांग्रेस ,एमाले र माओवादीलाई बलियो बनाउन सक्दैनन् भनेर बुझ्न जरुरी छ । अहिलेको युगमा नपढेको मान्छे युवा कसरी हुन्छ ? युवा भनेको उमेर मात्र होइन । उमेरलाई मात्र युवा भन्ने हो भने त्यही अनुसार काम गर्नुपर्छ । काम नगर्ने अनी समाजसेवा गर्छु भन्दै संघसंस्थामा दोहन गर्न पल्केकाहरुबाट पार्टी टाढा रहनुपर्छ । बेरोजगार युवाले समाजको नेतृत्व गर्छ भने त्यो समाज पछि धकेलिने निश्चित हो । तसर्थ नेपाली समाजले पनि ध्यान दिन जरुरी छ । आफ्नो नेतृत्व छान्दा ध्यान पु¥याउन जरुरी छ ।