टीकापुर, २० असोज/कैलालीको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस नियमित महाधिबेशन पक्षधरले सोमवारसम्ममा १९ वटा बडा अधिबेशन सम्पन्न गरेको जनाएको छ ।

भजनी नगरपालिका वडा नम्बर ६ र ८ मा वडा अधिवेशन सम्पन्न भएका छन् । वडा नम्बर ६ मा रामजीवन चौधरीको सभापतित्व मा कार्यसमिति चयन भएको छ । भने वडा नं। ८ मा फुलराम डगौंराको सभापतित्वमा कार्य समिति चयन भएको छ ।
जोशिपुरका वडा नम्बर १,३,४,५ र ७ त्यसै गरी जानकी गाउँपालिका का वडा नम्बर १, ३, ४ र ७ का अधिबेशन सम्पन्न भएको क्षेत्रीय सचिब धनञ्जय रिमालले जानकारी गराउनुभयो । यसै गरी टीकापुर नगरपालिकाका वडा नम्बर ८ बाहेक सबै वडामा अधिबेशन सम्पन्न भएका छन् । वडा नम्बर ७ मा दिलिप बुढाको सभापतित्वमा कार्य समिति चयन भएको छ । भने सोमवार जानकी १ को अधिबेशन सम्पन्न भएको छ ।

वडा नम्बर १ मा सर्बसम्मति हुन नसक्दा सोमवार सहमतिबाट क्षेत्रीय प्रतिनीधि र वडा समिति चयन गरिएको छ । टीकापुर १ मा ७५ जना क्षेत्रीय प्रतिनीधि चयन भएका छन् । वडा सभापतिमा शिबलाल तिवारी चयन हुनुभएको छ ।
वडा नम्बर २ मा जंगबहादुर लुहारको सभापतित्वमा समिति चयन भएको छ भने ५ भने नृप बहादुर सोडारीको सभापतित्वमा समिति चयन भएको । उता टीकापुर ६ मा पूर्ण बहादुर नायकको सभापतित्व मा समिति गठन गरिएको छ भने वडा नम्बर ९ मा सोमप्रशाद चौधरीको सभापतित्वमा वडा समिति गठन गरिएको छ ।

जानकी १ मा नाथुराम चौधरीको सभापतित्वमा कार्यसमिति चयन भएको छ भने १७ जना क्षेत्रीय प्रतिनीधि चयन भएका छन् । यी अधिबेशनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामजनम चौधरी र डाक्टर रणबहादुर रावल र पूर्ब सांसद गंगाबहादुर कुवँरले सम्बोधन गर्नुभएको छ । यसै गरी महासमिति सदस्य नवराज रावल, महाधिबेशन प्रतिनीधि डाक्टर जगतबहादुर सिंह रावल, रामबहादुर भण्डारी, महाधिबेशन प्रतिनीधि उमा महतौं, पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, दलित संघका केन्दिय सदस्य हर्क बहादुर बिश्वकर्मा , महिला नेतृ निर्मला कडायत, बाबुराम चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वडा नम्बर १ मा वडा सभापति चक्र बहादुर बटालाको सभापतित्व मा कार्यक्रम भएको थियो भने स्वागत प्रदेश संयोजक मोतिराम भण्डारीले गर्नुभएको थियो । सञ्चालन नगर संयोजक झपट बहादुर बुढाले गनृुभएको थियो ।

उता वडा नम्बर ९ मा सोम प्रशाद चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालन बिष्नु ढुंगानाले गर्नुभएको थियो भने स्वागत खडग धामीले गर्नुभएको थियो । वडा नम्बर ५ मा वडा संयोजक नृप बहादुर सोडारीको सभापतित्व मा कार्यक्रम भएको थियो भने संचालन प्रदेश उपसभापति हिरासिंह बिष्टले गर्नुभएको थियो ।