नेपाली कांग्रेस टीकापुर नगरको अधिबेशन सम्पन्न, नगर सभापतिमा बुढा , जिल्ला सदस्यमा प्रेम बिक, लक्की शाह र हेमन्त रावल

टीकापुर, २२ असोज/नेपाली कांग्रेस नियमिति महाधिबेशन पक्षधरको टीकापुर नगर सभापति मा झपट बहादुर बुढा निर्बाचित हुुनुभएको छ । बिहीबार टीकापुरमा भएको अधिबेशन बाट बुढा निर्बिरोध निर्बाचित हुनुभएको हो । सभापति लगायत सम्पूर्ण कार्यसमिति  निर्बिरोध चयन भएको हो । उपसभापतिमा टिकाराम रेग्मी र गीता रावल चयन हुनुभएको छ भने सचिबमा चन्द्रप्रकाश सोडारी र नन्दकृष्ण खनाल चयन हुनुभएको छ ।
यसै गरी सहसचिब मा मनबीर चौधरी र सुमित रावल चयन हुनुभएको छ । कोषाध्यक्ष सदस्यबाट चयन गरिने छ । सदस्यहरुमा प्रत्यक वडाबाट एक जना महिला सहित तीन जना चयन हुनुभएको छ ।
यसै गरी तीन जना जिल्ला सदस्यमा प्रेम बहादुर बिक, लक्की शाह र हेमन्त रावल चयन हुुनभएको छ । अधिबेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा काँग्रेस नेता डाक्टर रणबहादुर रावलले गर्नुभएको हो । कार्यक्रममा बोल्दै डाक्टर रावल ले आफूहरु लोभ, लालच छोडेर सत्यको पक्षमा उभिएको बताउनु भयो । उहाँले नेतृत्व खोस्ने बहाना मा आफ्नै साथीहरुले निष्ठा, इमानदारिता, सदाचारिता भन्दा दादागिरी देखाएकाले यो प्रवृत्तिको विरोधमा आफूहरु उभिएका हौँ भन्नुभयो ।
आफूहरुले नियमित अबिधेशन भनिरहँदा अर्को पक्षका साथीहरुल विशेष अबिधेशन भन्दै युवाका नाममा गलत गरेको बताउँदै आफूहरुले काँग्रेसको विधान २०७८ अनुसार अधिवेशन गरि रहेका बताउनुभयो ।
कायक्रममा पूर्व सांसद गंगाबहादुर कुँवरले संगठन बलियो बनाउने कुरामा अब आफूहरु जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । पार्टीभित्र अराजकहरु द्धन्द्ध बढाएको बताउँदै पार्टी र जनताको विकास चाहनेहरु एक ठाउँमा आएका बताउनुभयो ।
महासमिति सदस्य नवराज रावलले अब जनता को मन जित्नुका साथै जनताका आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले संगठन बलियो भएमा पालिका र प्रदेशमा पनि नेतृत्व गर्न सकिने भएकाले संगठन सुधारमा ध्यान दिन सबैलाई  अनुरोध गर्नुभयो ।
कार्यक्रममा काँग्रेस नेता प्राध्यापक डाक्टर जगतबहादुर सिँह रावलले यतिबेला मन बलियो बनाएर जनताको हीतमा काम गर्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा  महाधिबेशन प्रतिनीधि तथा टीकापुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपक चौधरी, पूर्व क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, टीकापुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जी, केन्द्रीय शिक्षा विभाग सदस्य तारामान रावल, वडा सभापति मध्येबाट पूर्ण नायक, महिला संघ कैलाली का कोषाध्यक्ष निर्मला कडायत, दलित संघका केन्द्रीय सदस्य हर्क विश्वकर्मा, टीकापुर बुहुमुखी क्याम्पसका स्वबियू सभापति किरण साउँद लगायतले बोल्नु भएको थियो । महाधिबेशन प्रतिनिधि राम बहादुर भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्रदेश संयोजक मोतिराम भण्डारी ले गर्नुभएको थियो । १५ औं महाधिेशन अन्तर्गत देउवा पक्षको यतिखेर पालिका र क्षेत्रीय अधिबेशन भइरहेको छ ।