टीकापुर, १५ कात्तिक/दिगो विकास बचत तथा ऋण सहकारी संस्था वटनपुरको २० औं वार्षिक साधारण सभा भएको छ । साधारण सभामा सभाका अध्यक्ष तथा सहकारीका अध्यक्ष सेतबहादुर बुढाले ९६६ जना शेयर सदस्य रहेका सहकारीको ५८ लाख ९० हजार ६ सय रुपैया शेयर पुँजी १२ करोड, ८८ लाख ९८ हजार कुल कारोबार गरेको र २२ लाख ९ हजार रुपैया मुनाफा कमाउन सफल भएको जानकारी दिनुभयो ।
टीकापुर नगरपालिका वडा नम्बर ६ देखि ९ सम्म कार्य क्षेत्र रहेको सहकारीमा क्रमिक बचतकर्ता १ हजार ४ जना, नियमित बचतकर्ता २९ जना, साधारण बचतकर्ता १ हजार ६१५ जना, सुत्रुके बचत १४ जना र विषेश बचतकर्ता १०४ जना रहेका पनि साधारसभामा जानकारी गराईएको छ ।

कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक शेरबहादुर बुढाले गत वर्ष सहकारी २२ लाख बढी नाफा कमाउन सफल भएको बताउँदै यस वर्षको १ करोड ३३ लाख १५ हजार बराबरको अनुमानित आयव्यव प्रस्तुत गर्नुभयो ।
साधारणसभामा असल बचत कर्ताका रुपमा लोकबहादुर चौधरी, डम्बर बहादुर
साउँद, सिमा थारु, देवसरा साउँद, असल ऋणीका रुपमा दिलकुमारी चौधरी र विमा साउँदलाई १० कित्ता शेयर प्रदान गरेर सम्मान गरिएको छ ।
साथै ६५ वर्ष माथिका शेयर सदस्य १० जना एकल महिलालाई सम्मान स्वरुप १÷१ क्यारेट अण्डा र न्यानो कपडा सल प्रदान गरिएको छ । साधारण सभाको उद्घाटन गर्दै टीकापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिर्घबहादुर ठकुल्लाले सहकारीलाई आर्थिक पारदर्शिता र सुशासनलाई ध्यान दिँदै शेयर सदस्यलाई उद्यमशिलतमा जोडेर काम गर्न सुझाव दिनुभयो ।

तत्कालिन धनसिंहपुर गाविसका अध्यक्ष तथा समाजसेवी जंगबहादुर साउँदले सहकारीले आफ्ना शेयर सदस्यलाई उद्यमशिलता र कृषीमा सधाउँदा राम्रो हुने सुझाव दिनु भयो ।
सहकारीका उपाध्यक्ष माया साउँदले स्वागत गर्नु भएको सभामा समाजसेवि योगेन्द्र साउँद, धनसिंह साउँद, प्रेमसिंह विक, ईश्वर साउँद, कृष्ण गोपाल चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भयो । सहकारीका अध्यक्ष सेतबहादुर बुढाको अध्यक्षतामा भएको साधारण सभाको सञ्चालन सहकारीका सचिव चन्द्रबहादुर साउँदले गर्नुभयो ।