टीकापुर, १७ कात्तिक/सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री सन्तोष शर्माले टीकापुर अस्पतालको अनुगमन भ्रमण गर्नु भएको छ ।
प्रदेश सरकार मातहतको टीकापुर अस्पतालमा व्यवस्थापकीय कमजोरी देखिएको र प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीको अनुरोधमा मन्त्री थापा टीकापुर आउनु भएको हो ।
मन्त्री थापाले टीकापुर अस्पताल का विभिन्न विभागको अवलोकन गर्दै स्थानीयका गुनासाहरु सुन्नु भएको छ । मन्त्री थापालाई नेकपा एमालेका नेता भूपेन्द्र साउदले प्रादेशिक अस्पताल प्रदेश सरकार र व्यवस्थापन नेतृत्व मा चल्नुपर्ने मा व्यापारीको चंगुलमा फसेको सुनिएकाले नियममा राख्नुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रविन्द्र विष्टले टीकापुर अस्पताल को गुरु योजना बनाउनुपर्ने र सेवा प्रवाह गर्न आवश्यक भवन दिन अनुरोध गर्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष रामबहादुर भण्डारीले अस्पतालका तर्फबाट ज्ञापन पत्र बुझाउदै अस्पतालको अवस्थाको बारेमा जानकारी गराउनुभयो । अध्यक्ष भण्डारीले टीकापुर अस्पतालमा कार्यरत जनशक्ति अन्यत्रै काजमा रहेका र प्रदेशले लम्की अस्पताल र टीकापुर अस्पतालमा पाँच जना डाक्टर पठाएकाले उनीहरुलाई ल्याउन, लिनै समस्या भएकाले एकैतिर काम गर्ने वातावरण बनाउन अनुरोध गर्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष तथा स्थानीयका कुरा सुन्नु भएकी मन्त्री थापाले अस्पतालमा तत्काल सुधार गर्न सकिने कुराहरु सुधार गर्न र नागरिक मैत्री सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
अस्पतालका आन्तरिक समस्या बारे अस्पतालले प्रक्रियागत कार्य गरिरहेकाले पूरा भएपछि अस्पताल व्यवस्थापनसँगको सहकार्यमा मन्त्रालयले आवश्यक कदम चाल्ने बताउनुभयो ।
सालिन रुपमा उपस्थित मन्त्री थापालाई अनुगमन अवधीभरी स्थानीयले चाहे जति कुरा सुनाउन पाएका छन् । अन्य मन्त्रीलाई जस्तो पुष्पगुच्छा, माला खाँदा केही थिएन । मन्त्रीको भ्रमणमा कुनै तामझाम थिएन ।