सम्पादकीय
यतिखेर कांग्रेस, एमाले र माओवादीका नेताहरु वर्तमान सरकारलाई चेतावनी दिन थालेका छन् । उनीहरुले सरकारले मनपरी गरेर काम गर्दै जाने हो भने अर्काे भदौ २४ आउने भन्न थालेका छन् । पुराना दलका नेताहरुलाई छटपटी छ । भएभरका सञ्चार माध्यम छन् तिनीहरुले काम पनि पाएका हुँदैनन् अनी नेताको इन्टरभ्यू देखाउने काम पाएका छन् । पुराना दलहरुप्रति आम नागरिकको मन पलाएको अवस्था छैन भने वर्तमान सरकारले राम्रै गरेको महशुस जनताले गरेका छन् । जनताको भावना बुझेर काम गर्नुको साटो खाली आफ्नो पुरानै पारा देखाउँदा पुराना दलको खिसिट्यूरी भइरहेको छ । उसो त कांग्रेस, एमाले र माओवादीका नेताहरु वर्तमान सरकारको कमजोरी देखाएर जनताको मन जित्ने प्रयासमा लागेका छन्। राजनीतिक दलको धर्म पनि यही हो । पुराना दलमा भएका कतिपय मान्छेहरु जनताको नजरमा बद्नाम छन् । पुराना दलमा स्थानीय तह देखिका नेता कार्यकर्ता बद्नाम छन् । यिनै बद्नाम पात्रहरु पर्टीको आडमा सामाजिक अगुवा हुँदा जनताले बिश्वास गर्ने वातावरण छैन । हरेक पार्टीमा समाजले बहिस्कार गर्नुपर्ने मान्छे अगुवा भएको देख्दा पुराना पार्टीमा आम जनताको आकर्षण छैन । जनताको आकर्षण छैन अनी नेताहरु टेलिभिजनमा आएर सरकारको कमजोरी गनाउन थाल्छन् । बर्षाै देखिका बिकृति बिसंगति एकै पटक रोकिने कुरै भएन । बर्षाै देखिका समस्या हल गर्न समय लाग्छ । वर्तमान सरकारले राम्रो गर्ने प्रयास गरेको छ । राम्रो गर्ने प्रयास गरेपछि सकारात्मक भावना राख्न जरुरी छ । पुराना दलमा पुरानै धङधङी देखिन्छ । उनीहरुको शैलीमा सुधार भएको छैन । वर्तमान सरकारलाई सचेत गराउनेका नाममा आन्दोलनको धम्की दिन थालेका छन् । बिगतमा कांग्रेस सरकारमा हुँदा आतंक मच्चाएर सत्ताको खेलमा लागेको एमाले अनी बन्दुक देखाएर सत्तामा आएको माओवादी यतिखेर सरकारलाई धम्की दिन थालेका छन् । उता कांग्रेसमा पनि छटपटी छ । आफ्नो घरको झगडा छरपष्ट छ तर नेताहरु सरकारलाई चुनौती दिन व्यस्त छन् । यस्तो राजनीतिले देश बन्दैन । जनता सचेत हुन जरुरी छ । पुराना दलमा भएका सबै खराव छैनन् तर त्यहा राम्रा मान्छे पछुवा र फटाहा र भ्रष्ट अग्रमोर्चामा छन् । पुराना दलले अबको ५ बर्ष आफ्नो पार्टी सुधारमा लाग्न जरुरी छ । आफ्नै पार्टी अस्तव्यस्त छन् अनी जनतासंग सरकारका बिषयमा बोल्दा केवल बिरोध गर्ने हो भने जनताले पत्याउनेवाला छैनन् ।