टीकापुर पार्कमा ४ दिनमा १६ लाख ४७ हजार दुई सय चालिस राजश्व संकलन

टीकापुर, १ मंसिर÷टीकापुर पार्कमा ४ दिनमा १६ लाख ४७ हजार दुई सय चालिस राजश्व संकलन भएको छ । पार्कमा तिहारपछिको चार दिनमा पिकनिक खाने तथा अवलोकनमा आउने पर्यटकबाट १६ लाख बढी राजश्व संकलन भएको हो ।
टीकापुर पार्कमा तिहारपछि दैनिक हजारौँ पर्यटक अवलोकन तथा पिकनिक खानका लागि आउने गरेका छन् ।
पार्कमा कात्तिक २६ गते ५ हजार १६४ पर्यटक आएका थिए भने २ लाख ८१ हजार ९ सय राजश्व संकलन भएको थियो । २७ गते ७ हजार १९७ पर्यटक भित्रिएका थिए भने ४ लाख २१ हजार ६३० रुपैया  राजश्व संकलन भएको पार्कका कर्मचारी विनोद चौधरीले जानकारी दिनुभयो । २८ गते ८ हजार २१० पर्यटक भित्रिए भने राजश्ज सबैभन्दा बढी ४ लाख ९८ हजार १२० संकलन भएको छ । २९ गते ७ हजार ३३७ पर्यटक भित्रिएका छन् भने ४ लाख ४५ हजार ५९० रुपैया राजश्व संकलन भएको कर्मचारी चौधरी ले बताउनुभयो ।
पार्कमा ४ दिनमा २७ हजार ९०८ पर्यटक पार्क अवलोकनमा पुगेका छन् । पार्कमा आउने पर्यटक पार्क किनारमा रहेको पिकनिक स्थलमै पकाउने, खाने र कर्णाली नदीमा रहेको मोटरबोटमा रमाउने गरेका छन् । पार्कभित्र रहेको ऐश्वर्य उद्यान, विरेन्द्र विश्राम बाटिका लगायत का रमणीय ठाउँमा फोटो खिच्ने, टिकटक बनाउने र रमाउने गरेका छन् ।
टीकापुर पार्कमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, सुर्खेत सम्मका मानिस पिकनिक खान आउने गरेका छन् भने कहिले काही अन्य जिल्लाका मानिस पनि घुम्न आउने गरेका छन् ।