सम्पादकयि
प्रजातन्त्रमा व्यक्तिका नैसर्गिक अधिकारको पूर्ण रक्षा गरिएको हुन्छ । व्यक्तिको स्वतन्त्रतालाई पलपल ख्याल गरिएको हुन्छ । यसरी प्रजातन्त्रमा नागरिकका बारेमा ख्याल गरिने हुँदा संसारका अधिकांस देशमा प्रजातन्त्रको बिधि अपनाइदै आइएको छ । प्रजातन्त्रमा छाडापन पनि हुन्छ । नेपालको संबिधानमा नागरिकको नैसर्गिक अधिकारका बिषयमा लेखिएको छ । मान्छेले स्वतन्त्र पूर्बक बाच्न पाउने अधिकार भनिएपनि नेपालमा प्रजातन्त्र आएपछि जनताले पाउनुपर्ने शिक्षा, स्वास्थ्य र रोजगारका सवालमा प्रजातान्त्रीक सरकार चुक्दै गएको छ । प्रजातन्त्रमा सरकार छान्ने अधिकार हुन्छ तर सरकार छान्ने निर्बाचन स्वतन्त्र र निस्पक्ष हुनुपर्छ । निर्बाचन स्वतन्त्र निस्पक्ष हुनुपर्ने भएपनि कतिपय अवस्थामा निर्बाचन धाधलीपूर्ण हुने गरेका छन् । प्रजातन्त्रको शैली र चरित्रलाई पालना गर्ने हो भने देश सहज रुपमा चल्छ तर त्यसमा मनपरी भयो भने अराजकता बढ्दै जान्छ । अराजकता बढ्दै जाँदा सरकार कठोर बन्नुपर्ने बाध्यता हुन्छ । सरकारी निकायले गलत काम गर्नेहरुलाई कानून अनुसार कारबाही गर्छन् । राज्य सञ्चालन गर्ने व्यक्तिहरु निस्पक्ष र सही आचरणको हुपर्छ । पछिल्लो समय प्रजातन्त्रको नाममा देखिएको बिकृतिले नेपाल समस्यामा पर्दै गएको छ । सत्ता र शक्तिको आडमा साशन गर्ने शैली फरक देखिएको छ । आफुले जे गरेपनि हुने अनी आम नागरिकलाई कानूनको डण्डा देखाइराख्दा आपसमा द्वन्द्व बढ्दै गएको छ । अपराध जहाँ पनि हुन सक्छ तर अपराध अनुसारको कारबाही गर्न निस्पक्ष रुपमा कानूनलाई काम गर्न दिनुपर्छ । कतिपय अवस्थमाा निस्पक्ष रुपमा काम गर्दा पनि सरकारको शैली निरंकुश जस्तो देखिन्छ । राज्य कठोर भएर कानूनको पालना गरेन भने देश भयावह अवस्थामा पुग्छ । कानूनको पालना गर्दा व्यक्तिलाई निरंकुशता लाग्नु स्वभाविकै हो । प्रजातन्त्रका लागि लडेका नेताहरुले प्रजातन्त्रको कुरा त गरे तर व्यबहार लागु गरेको पाइदैन । प्रजातन्त्र भनेको बोल्ने , लेख्ने अधिकार मात्र होइन । प्रजातन्त्रमा नागरिकका नैसर्गिक अधिकारको सुरक्षा हुनुपर्छ त्यसका लागि राज्य कठोर हुन जरुरी छ । राज्य कठोर नभएकै कारण गणतन्त्र आएपछि नेपालमा झनै बिकृति बढ्यो । यो आम नागरिकले महशुस गरेको कुरा हो ।