टीकापुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य खम्ब बहादुर ठकुल्लाको निधन,आज शोक बिदा दिने टीकापुर नगरपालिकाको निर्णय

टीकापुर, ७ मंसिर/टीकापुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य खम्ब बहादुर ठकुल्लाको निधन भएको छ ।
ठकुल्लाको आइतवार बीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ५६ बर्षिय ठकुल्ला मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गिय ठकुल्लाको पार्थिब शरीर काठमाण्डौबाट टीकापुर ल्याइएको  छ । आज सनकट्टी घाटमा दाहासंस्कार हुने जनाइएको छ ।
ठकुल्लाको निधन पछि नेपाली कांग्रेसका कार्यबहाक सभापति भिम बडुवालले  आइतवार नै  प्रेस बिज्ञप्ती मार्फत शोक प्रकट गर्नुभएको छ ।
वडा नम्बर २ वडाध्यक्ष तथा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनीधि दिपक चौधरीले शोक प्रकट गर्दै नेपाली कांग्रेसले इमान्दार कार्यकर्ता गुमाएको बताउँनुभयो । उहाँले वडामा इमान्दार भएर जनताको सेवा गर्नुभएको कुरा आम जनताले बुझेका छन् भन्दै असल मित्र समाजले गुमाएको बताउनुभयो । नेपाली कांग्रेसका क्षेत्रीय सभापति धनञ्जय रिमाल (फकिर ) ले नेपाली कांग्रेसले निष्ठावान कार्यकर्ता गुमाएको भन्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । ‘पार्टीमा होस् या जनप्रतिनीधि भएर होस् स्वर्गिय ठकुल्लाले निष्ठा पूर्बक सेवा गर्नुभएको हो ,ु‘रिमालले भन्नुभयो, कांग्रेसले राम्रो मित्र मात्र गुमाएन एउटा कठोर प्रजातन्त्रवादी गुमाएको छ ।’
स्वर्गिय ठकुल्ला नेपाली कांग्रेस १५ औं नियमित महाधिबेशनमा वडा नम्बर २ का क्षेत्रीय प्रतिनीधि पनि हुनुहुन्छ ।
उता टीकापुर नगरपालिकाले वडा सदस्य खम्म ठकुल्लाको उपचारका क्रममा निधन भएपछि आज सोमबार शोक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाद्वारा जारी शोक बिदासम्बन्धी सूचना अनुसार वडा सदस्य ठकुल्लाको मिति २०८३ भदौ ६ गते असामयिक निधनले नगरपालिकालाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।
दिवंगत ठकुल्लाको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति नगरपालिकाले गहिरो समवेदना व्यक्त गरेको छ ।
उहाँको निधनको शोकमा मिति आज सोमबार टीकापुर नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा शोक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगर्जीले हस्ताक्षर गरेको सूचना मार्फत सम्बन्धित सबैलाई शोक बिदाबारे जानकारी गराइएको छ ।