टीकापुर, ७ मंसिर/जगतपुर सामुदायिक वनको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको साधारण सभाले पुन निरबहादुर शाहलाई अ्ध्यक्षामा चयन गरेको छ । यस्तै उपाध्यक्षमा प्रेम सुनार, सचिवमा रेखा चौधरी, सह सचिव मा चक्र शाह, कोषाध्यक्षमा रोजी साउँदलाई चयन गरेको छ ।
सदस्यमा शेरबहादुर बोगटी, नन्दराम न्यौपाने,गंगाराम चौधरी, बुधराम चौधरी, मिना चौधरी, सावित्रा कुँवर, धना चौधरी, कल्पना ओझा र सिता शाह रहेका छन् । साधारण सभाले चेतराम देवकोटा को संयोजकमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन छ । जसमा भोजराज चौधरी र ध्रु्रव न्यौपाने सदस्य रहनु भएको छ ।
त्यस्तै मानबहादुर चौधरीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ भने भूपेन्द्र पुनमगरको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति पनि चयन गरेको छ ।

यसअघि साधारण सभालाई सम्बोधन गर्दै जानकी गाउँपालिका वडा नं ६का वडाध्यक्ष ईन्द्र चौधरी ले सामुदायिक वनले पछिल्लो समय राम्रो काम गरेको बताउदै वन संरक्षणको लागि सबै उपभोक्ता सचेत हुनु पर्ने बताउनु भयो ।
जानकी गाउँपालिका वन वातावरण तथा विपद व्यस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैसीले जगतपुर सामुदायक वनले पालिका भित्रका रहेका वनहरु मध्येमा राम्रो काम गरेको बताउँदै आगामी दिनमा पनि सामुदायिक वनसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
सव डिभिजन वन कार्यालय टीकापुरका दिनेश शाहले सामुदायिक वनको कार्यसमिति गठन प्रक्रिया र खर्च प्रक्रिया बारेमा जानकारी गराउनु भएको थियो ।
सामुदायिक वनको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै वनका अध्यक्ष निरबहादुर शाहले सामुदायिक वनले उपभोक्तालाई वन पैदावारसंगै वन संरक्षणको लागि घेरबार गरिएको, शौचालय निर्माण, उद्यमी महिलालाई होजियारी तालिम प्रदान, विद्युतीय चुलो वितरण, गोठ सुधार,शैक्षिक सुधारका लागि सहयोग गरेको जानकारी दिनु भयो ।
अध्यक्ष शाहले विभिन्न जातको विरुवा बृक्षरोपणसंगै विपन्न परिवारलाई आर्थिक सहयोग गरेको पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा लेखा समिति संयोजक चेतराज देवकोटाले आर्थिक वर्ष २०८२÷८३ को ७८ लाख ८९ हजार ९ सय १० रुपैयाँ बराबरको वास्तविक आयव्यय र आर्थिक वर्ष २०८३÷८४ को ५८ लाख ६५ हजार ६ सय ७६ रुपैया बराबरको अनुमानित आयव्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्य पन्छि चौधरी, बालज्योति माध्यामिक विद्यालय जगतपुरका पुर्व प्राध्यापक भोजराज चौधरी, होम स्टेका अध्यक्ष धना चौधरी, रानी टप्पा सामुदायिक वनका अध्यक्ष कोकिला सार्की, त्रिपुरेश्वर ग्रामिण विद्युत सहकारी संस्थाका प्रेम चौधरी, उपभोक्ता तुलबहादुर शाह,भूपेन्द्र पुनमगर, टंक प्रसाद चौधरी, सीतारम चौधरी लगायतले बोल्नु भएको थियो ।
वनका उपाध्यक्ष प्रेम सुनारले स्वागत गर्नु भएको कार्यक्रम संचालन रेखा चौधरी र प्रेम चौधरीले गर्नुभएको थियो ।