कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्द बहादुर चन्द विजयी

टीकापुर, २४ फागुन/ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्द बहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी हुनुभएको छ ।
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
१ लाख १० हजार ५३९ मतदाता रहेको कैलालीमा  ६५ हजार ९६३ मत खसेको थियो। चन्दले प्रतिस्पर्धी दलका उम्मेदवारलाई पछि पार्दै जित हात पार्नुभएको हो ।
निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह ११ हजार ९५८, नेकपाका प्रेम बहादुर आले ७ हजार ८ सय ७६ मत प्राप्त गर्नुभयो । यस्तै, एमालेका यज्ञराज ढुङ्गाना ५ हजार ८ सय ३९ मत प्राप्त गर्नुभयो । विजयीपछि चन्दले सबैको जित भएको बताउनुभयो ।