६८ पिन्ट रगत संकलन

टीकापुर, १८ बैशाख/टीकापुरमा ६८ पिन्ट रगत संकलन भएको छ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टीकापुरले आज आयोजना गरेको रक्तदान कार्यक्रममा उक्त पिन्ट रगत संकलन भएको हो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले रगत विना मानव जिवन सम्भव नभएकाले यो मानिस बचाउने अभियानमा लागेकोमा आयोजक लाई धन्यवाद दिनुभयो ।


टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रेमकुमार राइले मानिसको शरिरमा भएको रगत केहि समयसम्म मात्र जिवित रहने र पछि आफै मरेर जाने भएकाले स्वस्थ मानिसले रगत दान गर्दा केहि फरक नपर्ने बताउनुभयो । आयोजक परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टीकापुरका संयोजक रवि भित्रिकोटीले आफूहरुले विभिन्न किसीमका स्वयम्सेवि काम गरिरहेको बताउँदै यस्ता कार्यमा सघाउन आग्रह गर्नु भएको छ ।
१ हजार १७९ औं रक्तदान अभियानको उद्घाटनमा स्वागत परमेश्वरको मण्डली सुदुरपश्चिम संगठनका संयोजक राजेश कुमार लामीछानेले गर्नु भएको थियो भने सञ्चालन वलबहादुर चौधरीले गर्नु भएको थियो ।