एक्सनमा रबी लामिछाने

सम्पादकीय
पत्रकारबाट छाएका रबी लामिछाने यतिखेर गृह मन्त्री भएका छन् । प्रधानमन्त्री पछि अधिकांशले रोज्ने मन्त्रालय भनेकै गृह मन्त्रालय हो । जनताका सेवक हुँ भन्ने नेताहरुले शान्ति सुरक्षा कायम गर्न भन्दा पनि सान सौगतका लागि गृह मन्त्रालय रोज्ने गरेका छन् । गृहमा सान पनि हुने अनी आर्थिक पनि हुने भएपछि हरेक नेताको रोजाई हुनु स्वभाविकै हो । यहि प्रचलन भएर होला अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले पनि गृह मन्त्रालय रोजेको धेरै बुझाई छ । रबीले पनि मालदार मन्त्रालय रोजे अव फस्छन् भन्ने धेरैले सामाजिक सञ्जालमा लेख्न थालेका छन् । हाम्रो नकारात्मक सोच भएकै कारण राम्रो कसैलाई देख्न सक्दैनौं किन भने हरेकले भाषण मात्र गरेका छन् । चार दिन अघिका गृह मन्त्रीले नगरेको काम बर्तमान गृह मन्त्री रबी लामिछानेले गर्न थाल्नुभएको छ । यसरी रबीको एक्सन देखेर कतिपयले आशा पलाएको छ भन्न थालेका छन् भने कतिपयले रबी चाडै सकिन्छन् भन्न थालेका छन् । रबी लामिछानेले देखाएको एक्सन शत प्रतिशत ठीक छ । उनले अनावश्यक प्रयोग गरिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । राहादानीका बारेमा पनि सरल तरिकाले दिन निर्देशन दिएका छन् भने बिहिवार मात्र प्रहरीका पदाधिकारीलाई नेता तथा कुटनीतिज्ञलाई जथाभावी भेट्न नपाउने नीति सार्बजनिक गरेका छन् । यदि साँच्चिकै यी निर्णयले सार्थकता पायो भने भने गृहमा ठूलो सुधार हुने निश्चित हो । धारे हात लगाएर मात्र हुँदैन । जनताको काम भन्दा पनि कमिसनमा व्यस्त हुने नेताहरु कै कारण आज गणतन्त्र बद्नाम हुँदै गएको छ । रबीले गरेका काम यस अघिका गृहमन्त्रीले गरेको भएपनि राम्रै हुने थियो । रबी आउनुभन्दा पहिलेका गृहमन्त्री लोभ लाभ र मोहमा फसेकै कारण एक्सनमा जान सकेनन् भन्ने प्रष्ट हुन्छ । तसर्थ गृह मन्त्रालयबाट पाउने सुबिधामा सुधार हुने संकेत देखिएको छ । ठूला दलका नेताहरुले रबी लामिछानेको एक्सन देखेर पछुताउँनु भन्दा केही हुने छैन । अवसर पाएका बेला जनताका पक्षमा काम गर्नुपर्छ भन्ने सोच हराउँदै गएका बेला रबीले दिएको सन्देश मुलुकका लागि ठूलो सन्देश हो ।