सम्पादकीय
पुराना दलका कतिपय नेताहरु दिनभरी भाषण मात्र गर्दै आएका थिए । जनताको भावना अनुसार बोल्ने काम गरे तर देश बनाउने सवालमा काम गरेनन् । बोलेर जनताको मन जित्न प्रयास गरे तर भएका बिकृति रोक्ने सवालमा पहल गरेनन् । जनतामाझ जाँदा भाषण मात्र लिएर जाने क्रम बढ्दै गयो । यसले समग्र व्यबस्था प्रति निरासा मात्र गराएन जेलनेल खाएका नेताहरुप्रति जनता अति पूर्बाग्रही समेत हुन पुगे । पुरानाले सबै गलत मात्र गरेका थिएनन् । राम्रा कामको प्रचार कम भयो नराम्रा कामको प्रचार बढी भयो । पछिल्लो समय कुशासनले सीमा नाघ्दै गएको थियो । आर्थिक अपराध बढ्दै गयो भने न्यायालयप्रति बिश्वास गुम्न थाल्यो । हरेक क्षेत्र तहस नहस भएर जनतालाई सेवा दिन नसक्ने अवस्थामा पुग्न थालेका थिए । पत्रकार लेख्न र सामाजिक सञ्जालमा समाचार हाल्नमा व्यस्त थिए । कतिपय पत्रकार नेताको भाषण हाल्न नपाएपछि फ्रेस हुँदैन थिए । नेताहरुको वरीपरी घुम्ने र समाचार लेख्ने प्रबृत्ति मौलाउँदै गयो तर सुधारका कुरामा कसैले ध्यान दिएन । दिनहुँ नेताको भाषण बनाएर लेख्ने र हाल्ने पत्रकार भएपछि नेताहरु पनि के कम । पत्रकार देखिपछि कसरी चर्चामा आउन सकिन्छ भन्ने सोचले दिनहुँ बोल्ने गरेका थिए । विगतमा नेताहरुले बोलेपछि काम हुन्छ भन्ने जनता यतिखेर नेताहरु भाषण मात्र गर्छन् भनेर नेताको कुरा सुन्न तयार छैनन् । नेताहरुको कुरा सुन्न तयार नभएपनि सामाजिक सञ्जालमा समाचार आइहाल्छ । केवल चर्चाामा आउनका लागि बोल्ने गरेका छन् । पत्रकार पनि नेतालाई कसरी खुसि पार्न सकिन्छ भनेर समाचार बनाउथे । वर्तमान सरकारका प्रधानमन्त्री कम बोल्ने प्रधानमन्त्री मध्यका हुनुहुन्छ भने राष्टिूय स्वतन्त्र पार्टीका मन्त्री र सांसद पनि कम बोल्छन् । सांसद स्वतन्त्र भएर बोल्ने अवस्था छैन । कम बोल्ने काम गर्ने नीति बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको सवालमा कस्तो काम गर्छ त्यो हेर्न बाँकी छ । हुन त राजनीतिमा जनतालाई बाडेका आश्वासनमा गम्भिर नभएपनि हुँदो रहेछ । भारतमा मोदीले सत्तामा आउनु भन्दा पहिला जनतामाझ प्रत्यक नागरिकको खातामा १५/१५ लाख रुपैया आउछ भनेका थिए भने बर्षेनी २ करोड रोजगार दिन्छौ भनेका थिए । जनताले सत्तामा पु¥याए तर पछि सत्तामा आएका दलका नेताले य तो जुम्ला था अर्थात यो त त्यत्तिकै भनिएको हो भनेर भन्न बाध्य भए । यसरी भारतीय जनता पार्टीले जनतामा ठूलो बिश्वासघात गरेको हो प्रतिपक्षले मुद्धा बनायो तर जनताले बनाएनन् । त्यही भएर राष्टिूय स्वतन्त्र पार्टीसंग पनि जनता सचेत हुन जरुरी छ । कम बोल्ने प्रधानमन्त्री पाएका छौ तर काम कस्तो हुन्छ भबिश्यमा थाहा हुन्छ ।