कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन भेटियो

काठमाडौं,१५ भदौं/रसुवा भोटेकोसी बाढीले डुबानमा परेको कृषि विकास बैंकको डेढ करोड रुपैयाँ पैसा सुरक्षित स्थानमा सारिएको छ ।

पैसासँगै ५० करोड रुपैयाँ बराबारको सुन पनि सुरक्षित स्थानमा सारिएको छ ।

“करिब आठ घण्टाको निरन्तर प्रयासपछि कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब १।५ करोड नगद, अनुमानित ५० करोडको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको छ,” प्रहरीले भनेको छ ।