सम्पादकीय
चाडबाडको मुखमा सडक ध्वस्त भएपछि दशै घरमा मनाउने सोच बनाएकाहरु सोकमा पर्न थालेका छन् । दशै आउन एक महिना वाँकी छ यतिखेर पुर्बका कैयन जिल्लामा सडक अबरुद्ध भएका छन् । कैयन जिल्लामा मोटरेबल पुल भत्किएका छन् । बर्षदिनको दशै मनाउन गाउँ जाने मानसिकता बनाएकाहरुलाई दुखि बनाएको छ । बर्षमा एक पटक रमाउनुपर्छ भनेर योजना बनाएकाहरुलाई यतिखेर कसरी गाउँ जाने हो भनेर भन्न थालेका छन् । सहरको बसाइले दिकदार बनाएको बेला दशैको बहानामा गाउँ जाने सडक अबरुद्ध हुँदा धेरैको मन अमिलो हुन थालेको छ । एक बर्षदेखि योजना बनाएर बसेकाहरु यो बर्ष बाढीले सबैको खुसि बर्बाद गर्न थालेको छ । भदौ १० गते र असोज १० गते आएको बाढीले रसुवा , गण्डकी लगायतका बिभिन्न जिल्लामा सडक र पुल भासिएका छन् । बाढीले पुल र सडक भासिएपछि सरकारलाई मर्मत गर्न पनि सकस भएको छ । मर्मत ग¥यो बाढीले फेरी उस्तै बनाइदिन्छ । सडकका बिषयमा सरकारले नयाँ कुरा सोच्न जरुरी छ । अब नदीको किनारा काटेर भन्दा सुरुङको विकल्प खोज्न जरुरी छ । विगतमा हामीसंग सुरुङको अनुभव थिएन तर पछिल्लो समय सुरुङका बारेमा नेपालले अनुभव पाएको छ । सुरुङको बारेमा पाएको अनुभवलाई अन्य सडकमा प्रयोग गर्न जरुरी छ । जोखिमयुक्त क्षेत्रमा सुरुङ बनाएर सडक निर्माण गर्न जरुरी छ । चाडबाडका बेला बर्षेनी सडक दुर्घटना हुने गरेका छन् । यसरी दुर्घटना हुँदा बर्षेनी कतिपयको ज्यान गरेको छ भने कतिपय घाइते हुने गरेका छन् । चाडबाडका बेला घर जानेबला यात्रा सुरक्षित छैनन् । सडकको अवस्था कमजोर र त्यसैमा यात्रु बहाक साधन जिर्ण हुँदा आम नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ । सरकारले सडक निर्माणमा कठोर नीति बनाएर काम गर्नुपर्छ । जथाभावी सडक निर्माण गर्दा एकछिनका लागि सहजता त होला तर सडक दुर्घटना र बर्षेनी अर्बाै रुपैया क्षति हुने गरेको छ । सडक निर्माणका बारेमा सबैले सोच्न जरुरी छ ।