टीकापुर, ६ मंसिर/टीकापुर १ स्थित जनता कृषि सहकारी संस्था को १७ औं बार्षिक साधारणसभा सनिबार सम्पन्न भएको छ । साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा महन्ता साउँद चयन हुुनभएको छ । यसै गरी उपाध्यक्ष, सचिब र कोषाध्यक्षमा क्रमशः नैन सिंह ठकुल्ला, रंग अधिकारी र दिला पंगेनी चयन हुनभएको छ ।
सदस्यहरुमा गुरी प्रशाद चौधरी, पुरन नाथ र जगत बहादुर ठकुल्ला रहनुभएको छ । लेखा सुुपरीबेक्षण समितिको संयोजकमा धर्म बहादुर बिष्ट रहनु भएको छ भने सदस्यहरुमा चम्फा अधिकारी र भिमबहादुर बुढा रहनुभएको छ ।

साधारणसभाको उद्घाटन गर्दै टीकापुर विकास समितिका पूर्ब अध्यक्ष एंब नेपाली कांग्रेसका नेता फकिर सिंह कडायतले सहकारी को उदेश्य कमाउनु भएपनि सदस्यहरुको जीवन स्तर सुधार्ने प्रमुख उदेश्य हुुनपर्छ भन्नुभयो । उहाँले सहकारी एकैनास समस्या भएका व्यक्तिहरुको समूह हो भन्दै सहकारीमा सबैको अपनत्व हुन्छ भन्नुभयो ।
नेता कडायतले सहकारीलाई व्यबस्थित तरिकाले सञ्चालन गर्न सबै सदस्यहरुले भूमिका खुल्नुपर्छ भन्नुभयो । केही सहकारी उदेश्य अनुसार नहिड्दा सहकारीप्रति नै बिश्वास गुम्दै गएको बर्तमान अवस्थामा सबैले सहकारीलाई बलियो बनाउने भूमिका खेल्नुपर्ने मा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष मोहन नाथको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष महन्ता साउँदले गर्नुभएको थियो । सहकारीको अवस्थाका बारेमा अध्यक्ष नाथले जानकारी गराउनुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिला पंगेनी न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
३४३ जना सेयर सदस्य भएको उक्त सहकारीमा १९ लाख ७६ हजार २ सय रुपैयाँ सेयर पूँजी रहेको छ ।
सहकारीसंग बिभिन्न बैङ्कमा करिब ११ लाख रकम रहेको जनाइएको छ । १३ लाख रुपैयाँ ऋण लगानी भएकोमा १० लाख २१ हजार व्याज उठाउनुपर्ने रहेको छ । पछिल्लो समय केही व्यक्तिले सहकारीबाट ऋण लिने तर तिर्ने मनसाय देखाएका छैनन् ।
संस्थाले अघिल्लो आर्थिक बर्ष करिब ४८ लाख रुपैया बचत संकलन गरेको छ भने ४३ लाख रुपैयाँ बचत फिर्ता गरेको थियो ।