टमट्टा (ताम्राकार) एकता समाजको शुभकामना आदानप्रदान

टीकापुर, २९ बैशाख/टमट्टा (ताम्राकार) एकता समाजको नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।
संस्थाका अध्यक्ष राजेशकुमार टमट्टाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टीकापुरका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जी रहनुभएको थियो ।
कार्यक्रममा टीकापुर अस्पताल का अध्यक्ष रामबहादुर भण्डारी, जेष्ठ नागरिक झपरसिँह टमट्टा विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा दिव्यरत्न बाल विद्या मन्दिरको अध्यक्षमा चयन हुनुभएका खडकसिँह टमट्टालाई प्रसंसापत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा कालिका मन्दिर उपसमितिका अध्यक्ष टेकबहादुर टमट्टा र सल्लाहकार संयोजक संजय टमट्टा लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम सह सचिव गणेश बहादुर टमट्टाले सञ्चालन गर्नुभएको थियो भने स्वागत महासचिव करणसिँह टमट्टाले गर्नुभएको थियो ।