टीकापुरका लागि ठोस योजना बनाउ

सम्पादकीय

यतिखेर नयाँ सरकार छ नेपालमा । पुरानै ढर्राबाट देश चल्न सक्दैन भनेर नयाँ कुराको चाहना जनताले गरेपछि राष्टिूय स्वतन्त्र पार्टीलाई दुई तीहाई नजिक मत दिएका छन् । यो मतले राष्टिूय स्वतन्त्र पार्टीलाई अवसर र चुनौती छ । जनताले वर्तमान सरकारबाट धेरै आशा गरेका छन् । योबेला टीकापुरका जनप्रतिनीधिले टीकापुरको ठोस योजनाका बनाएर माग राख्न जरुरी छ । बिगतमा ठोस योजनाका बारेमा नसोच्दा नागरिकले खासै विकास देख्न पाएका छैनन् । टीकापुरको आवश्यक्ता पहिचान गर्ने सवालमा एकमत हुन नसक्दा विकासका नाममा छरपस्ट बजेट खर्च भएको छ । आवश्यक्ता पहिचान गरेर क्रमशः विकासमा नलाग्ने हो भने टीकापुर पछि पर्दै जाने निश्चित हो । टीकापुरलाई सुन्दुर सहर भन्यौ , कहिले शैक्षिक नगरी भन्यौ ,कहिले पर्यटकीय क्षेत्र भन्यौ तर सबै अलपत्र परेका छन् । टीकापुरका लागि यी तीनै बिषय मुख्य हुन् । यस बाहेक कृषि क्षेत्रको पनि उत्तिकै सम्भावना भएको क्षेत्र हो टीकापुर । टीकापुरको बृहत्तर विकासका लागि यहाँका राजनीतिक दल र जनप्रतिनीधिबीच समन्वय भएको पाइदैन । यहाँ भएका विकासको श्रेय लिने होडवाजी भयो तर टीकापुरको सुन्दरतालाई ख्याल गरेको पाइदैन । जनताबाट चुनिएपछि आफुभन्दा जान्ने कोही छैन भन्ने सोच हटाउन जरुरी छ । तसर्थ नयाँ सरकार आएकाबेला स्थानीय सबै मिलेर ठोस योजना बनाएर काम गर्न जरुरी छ । संघिय सांसदलाई बिश्वासमा लिएर नगरपालिकाले काम गर्नुपर्छ । जथाभावी योजना माग्ने प्रबृत्ति अन्त गर्न जरुरी छ ।