टीकापुर, ४ भाद्र/बुधबारको सुनुवाइमा निकास आउने अपेक्षा गरिएको टीकापुर नगरको कार्यवाहक नगरप्रमुख को हुने भन्ने विषयको मुद्दा फेरि लम्बिएको छ । मुद्दा दर्ता भएको दुई महिनापछि पहिलोपटक सुनुवाई गर्दै सर्वोच्चको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।
बुधबार तीन नम्बरमा सुनुवाई भएको रिटमा हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

२०८२ फागुनमा कार्यवाहक नगरप्रमुख हुनु भएका रामबहादुर नर्गाजीलाई हटाएर २०८३ जेठ १४ गतेको कार्यपालिका बैठकले बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुख चयन गरेको थियो ।
तत्कालीन कार्यवाहक नगर प्रमुख रामबहादुर नर्गाजीले आफूलाई नै कार्यवाहक बनाउनु पर्ने मागसहित जेठ २६ गते सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्नुभएको थियो । सर्वोच्च अदालतले बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाउने कार्यपालिकाको बैठक कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।