टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १ लाख ५१ हजार १११ रुपैयां सहयोग

टीकापुर, १६ भदौं/टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सोमबार बाढीपिडितलाई राहत उपलब्ध गराउन भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गरेको छ ।
संस्थाले राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको खातामा १ लाख ५१ हजार १११ रुपैयाँ राहत रकम जम्मा गरेको छ । संस्थाको सोमबार बसेको कार्य समिति बैठकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार कोषको खातामा रकम जम्मा गरिएको संस्थाका अध्यक्ष खडक धामीले जानकारी दिनुभयो ।
उहाँले विनाशकारी बाढीले विभिन्न जिल्लामा ठूलो मात्रामा धनजनको क्षति पु¥याएपछि सरकारको तर्फबाट भैरहेको उद्दार र पुर्नस्थापनाको काममा सहज होस भनेर संस्थाको तर्फबाट सानो सहयोग गरेको बताउनुभयो ।
बाढीका कारण सयौं घर परिवार घरबार बिहिन भएका छन । कैयौंले आफन्त गुमाएका छन भने कतिपयका आफन्त बेपत्ता अवस्थामा छन । कतिपय व्यक्ति बाढीका कारण घाईते समेत भएका छन । अहिलेसम्मकै सबैभन्दा ठूलो प्रकोप भएकाले देशभरीबाट भैरहेको सहयोग संकलन अभियानमा सहभागिता जनाएको संस्थाका सचिव प्रकाश खड्काले बताउनुभयो ।