टीकापुर, ५ असोज/नेपाल फोटोग्राफर्स एसोसिएसन कैलालीको २६ औं साधारण सभा एवम् ८ औं जिल्ला अधिवेशन टीकापुरमा सम्पन्न भएको छ ।
नेपाल फोटोग्राफर्स एसोसिएसन कैलालीका अध्यक्ष टोपप्रकाश बि.क.को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल फोटोग्राफर्स महासंघ का अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय रहनु भएको थियो । विशिष्ट अतिथिमा टीकापुर नगरपालिका वडा नं. १ का अध्यक्ष मोहन बि.क. रहनु भएको थियो ।
प्रमुख अतिथि उपाध्यायले क्षमता हुँदाहुँदै पनि युवाहरु विदेश पलायन हुन लागेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । सरकारले राम्रो व्यवस्थापन गरिदिने हो भन्ने क्षमता भएका युवाहरु विदेश पलायन नभएर आफ्नै देशमा बसेर आफ्नो भविष्य उज्जवल पार्न सक्ने बताउनुभयो ।

उहाँले फोटोग्राफर्सलाई सरकारले केहि दिनु पर्दैन केवल काम गर्ने ठाउँ तय गरिदिए पुग्ने बताउनु भयो । साथै उहाँले ८ औं जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।
विशिष्ट अतिथि बि.क.ले रिलबाट शुरु भएको व्यवशाय अहिलेको प्रविधिसंगै धेरै फड्को मारेको बताउनुभएको छ । उहाँले अहिले को प्रविधिसंगै जोडिन सकेनौं भने नामले मात्रै फोटोग्राफर्स भनेर हुँदैन भन्नुभयो । फोटोग्राफर्सहरु अहिलेको
प्रविधिसंगै जाडिएर काम गर्दै आउनुभएको छ र यसलाई निरन्तरता दिइरहनु हुनेछ भन्ने आफूले विश्वास लिएको बताउनु भयो ।
सुदूरपश्चिममा रहेका प्राकृति संरचनाहरुको राम्रा राम्रा तस्बिर खिचेर तस्बिरमा झल्काउन सके बाह्य पर्यटक भित्रिने र यसक्षेत्रको विकास हुने भएकोले यस तर्फ पनि ध्यान दिन सुझाव दिनुभएको थियो । साथै उहाँले ८ औं जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष डम्मर तिखातरी, नेपाल फोटोग्राफर्स एसोसिएसन कैलालीका निवर्तमान अध्यक्ष झुपेन्द्र बोहरा, नेपाल फोटोग्राफर्स एसोसिएसन महासंघ सचिव एवं ने.फो.ए कैलालीका पुर्व अध्यक्ष कुलराज चौधरी , नेपाल फोटोग्राफर्स एसोसिएसन कैलालीका प्रेस सल्लाहकार योगेश रावल लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल फोटोग्राफर्स एसोसिएसन, कैलालीका द्वितिय उपाध्यक्ष सोमराज घिमिरेले राख्नु भएको थियो भने संचालन नेपाल फोटोग्राफर्स एसोसिएसन कैलाली का महासचिव भरत भण्डारीले गर्नुभएको थियो ।
नेपाल फोटोग्राफर्स एसोसिएसन कैलालीको अध्यक्षमा दिवाकर सिंह ठेकरे

नेपाल फोटोग्राफर्स एसोसिएसन कैलालीको ८ औं जिल्ला अधिवेशनले अध्यक्षमा दिवाकर सिंह ठेकरेलाई चयन गरेको छ ।
अधिवेशनले प्रथम उपाध्यक्षमा सोमराज घिमिरे, द्वितीय उपाध्यक्ष मा जयबहादुर बि.क.महासचिव मा ध्रुव सापकोटा,कोषाध्यक्षमा साँधुराम चौधरी, सचिवमा खुशिराम चौधरीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा प्रकाश चौधरी, प्रदिप चौधरी, जगदीश पन्त, बिरु चौधरी, मनोज जेठारा, कालिराम चौधरी र राजु गरुङ रहनुभएको भएको छ । उहाँहरु सबै निर्विरोध चयन हुनुभएको हो ।