प्लाष्टिक प्रयोगमा पूर्णरोक लगाउ“दै टीकापुर नगरपालिका

टीकापुर, २३ बैशाख/व्यवस्थापन मा कठिनाइ भएपछि टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगमा कडाइ गर्ने भएको छ ।
प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्दागर्दा आजित भएको नगरपालिकाले फोहोर घटाउन २०८२ साउनदेखि प्लाष्टिकको झोला प्रयोगमा प्रतिवन्ध लगाएको  थियो । मङ्सिरसम्म प्लाष्टिकको झोलाको प्रयोग घट्दो क्रममा  रहेपनि त्यस यता फेरि बढेको   छ ।
केही वर्ष अघिसम्म थुपारेर जलाउने गरेकोमा अहिले प्लाष्टिक जलाउन रोकिए पछि ल्याण्डफिल साइट नभएको टीकापुर नगरपालिकाले नगरभित्र रहेका खाल्डा खुल्डी, नदी खोलाका किनार र सार्वजनिक जग्गामा खाल्डो खनेर प्लाष्टिक थुपार्नै र पूर्ने गरेको  छ । हिउँद सिजनमा टाढासम्म लैजाने गरेको छ भने वर्षाको समयमा नगरपालिका, नगर विकास समिति लगायत शहरभित्रैका स्थानमा प्लाष्टिक पूर्ने गरेको छ ।
नगरपालिकाको सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढा भन्नुहुन्छ, अहिले दैनिक सात गाडी फोहोर उत्पादन हुन थालेको ल्याण्डफिलसाइट नभएकाले खोल्डो खनेर पुर्नुको विकल्प नभएको बताउनुहुन्छ ।
नगरपालिकाले वडा नम्बर ५ को खोटेना भुराखानी वन क्षेत्र, कर्मीडाँडा, वडा नम्बर ८ को श्रीलङ्का लगायतका क्षेत्रमा ल्याण्डफिलसाइट बनाउन खोजे पनि स्थानीयको विरोधका कारण स्थायी रुपमा बनाउन सकेको  छैन् । नगरको फोहोर खाल्डो खनेर  पूर्दा नगरपालिकाको सरसफाइ खर्च बढेको छ । व्यवस्थापनमा कठिनाई भएपछि प्लाष्टिकजन्य फोहोरको स्रोत नै घटाउन नगरपालिकाले प्लाष्टिकको झोला प्रयोगमा पूर्ण प्रतिवन्ध लगाउन खोजेको छ ।
मङ्गलबार भएको बजार अनुगमनका क्रममा हरेक पसलमा केही न केही मात्रामा प्लाष्टिकका झोला भेटिएको छ । नगरपालिकाका खानेपानी तथा सरसफाइ फोकल पर्सन कमल बहादुर रावलले भेटिएको जति प्लाष्टिक एकै कोठामा थुपारेर उत्पादक कम्पनी वा टीकापुर बाहिर बिक्री वितरण गर्नलाई छोटो समय दिइएको समयमा अन्यत्र पठाउन नसके जफत हुने बताउनुहुन्छ ।