बाढिपीडितका लागि टीकापुर उद्योग बाणिज्य संघको १ लाख ११ हजार १ सय ११ रुपैया“ सहयोग

टीकापुर, १५ भदौं/कैलालीको टीकापुर उद्योग वाणिज्य संघले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
संघको आइतबार बसेको कार्यसमिति बैठकले बाढीपीडित को राहत तथा उद्धारका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष सन्तोष खड्का का अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले गरिरहेको प्रयासमा सहयोग पु¥याउने उद्देश्यले संघले आर्थिक सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
टीकापुर उद्योग वाणिज्य संघले यसअघि पनि विभिन्न विपद् तथा समस्यामा परेका नागरिकको सहयोग गर्दै आएको जनाएको  छ ।
संघले यसअघि नै भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा बेपत्ताको खोजी र घरबारविहीन बनेकाहरूको उचित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको थियो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ७३४ जनाको शव फेला परेको छ भने २ हजार ४९८ जना बेपत्ता छन् ।