टीकापुर, १ असोज/टीकापुर नगरपालिकाको बालकोषमा बाल कल्याण संघले ५० हजार सहयोग गरेको छ । बालबालिकाको समृद्धिका लागि सहयोग होस् भनी बाल कल्याण संघ टीकापुरले ५० हजार सहयोग गरेको हो ।
नगरपालिका मा २०७९ सालमा बालकोष स्थापना भएको हो । त्यो बेला बाल कल्याण संघ टीकापुरले बाल कोष स्थापनाका लागि एक लाख सहयोग गरेपछि स्थापना भएको बालकोषमा नगरपालिकाले पनि बर्सेनि रकम थप्दै गएको टीकापुर नगरपालिका महिला बालबालिका शाखा प्रमुख संगिता शाहले जानकारी दिनुभयो । बालकोष हुँदा समस्यामा रहेका बालबालिकालाई तत्काल सहयोग गर्न सहज भएको उहाँको भनाइ छ ।

बाल कल्याण संघका कार्यक्रम संयोजक राधिका गिरीले समस्या मा रहेका, हिंसा प्रभावित बाल बालिकाको समृद्धिका लागि सहयोग होस् भनी बालकोषमा रकम सहयोग गरेको बताउनु भयो ।
बाल कल्याण संघले कार्यबहाक प्रमुख रामबहादुर नगार्जीलाई ५० हजारको चेक हस्तान्तरण गरेको हो ।