बीरेन्द्र विद्यामन्दिर मावि टीकापुरले आफ्नो ५१ औं वार्षिकोत्सव मनायो, शैक्षिक गुणस्तरमा ध्यान दिन सरोकारवालाको सुझाव

टीकापुर, ८ फागुन/बीरेन्द्र विद्यामन्दिर मावि टीकापुरले आफ्नो ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहीबार मनाएको वार्षिकोत्सव कार्यक्रममा विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका निमित्त प्रधानाध्यापक प्रेम चौधरीले अहिले विद्यालयमा एक हजार ६७५ जना विद्यार्थी रहेका जानकारी गराउनुभयो ।
कक्षा १ देखि १० सम्म एक हजार ५० जना र कक्षा ११ र १२ मा ६२३ गरी जम्मा एक हजार ६७५ जना विद्यार्थी अध्यायन गरी रहेका उहाँले जानकारी दिनुभयो ।
  विद्यालयमा सुदुरपश्चिम, लुम्बीनी र कर्णाली प्रदेशबाट प्रत्येक वर्ष १९ जनाका दरले विद्यार्थीहरु छनोट भई क्षेत्रिय नमुना विद्यालयका रुपमा छात्रवृत्तिमा पढ्दै आइरहेका र सो कार्यक्रममा अहिले १११ जना विद्यार्थीले निशुल्क शिक्षा लिइरहेका प्रधानाध्यापक चौधरीले बताउनुभयो ।
विद्यालयले अहिले कक्षा ११ र १२ मा विज्ञान, कानुन, मानविकी, बाणिज्य र शिक्षा विषयमा पठनपाठन गरिरहेको छ । विद्यालय मा स्थायी, करार र आंशिक गरी ६३ जना शिक्षक कर्मचारीहरुले काम गरी रहेका छन् ।
चालु आर्थिक वर्षमा विद्यालय को भौतिक पुर्वाधार तर्फ आधुनिक किसीमको विज्ञान भवन निर्माण, छात्रवास भवन निर्माण, छात्रवास मा छात्र होस्टेल निर्माण, छावास मर्मत सम्भार लगाएतका कामहरु भैरहेका समेत कार्यक्रममा जानकारी गराईएको छ ।
प्रधानाध्यापक चौधरीले स्कुल बस खरिददेखि विद्यालयमा आधुनिक प्रशासनिक ब्लक निर्माण गर्ने लगाएतका कामहरु भावि योजनाका रुपमा राखिएको बताउनु भयो ।
वार्षिकोत्सवको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति मिनबहादुर रावलले टीकापुरको विकासमा बीरेन्द्र विद्यामन्दिरको अहम भूमिका रहेको बताउँदै यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवि फकिरसिंह कडायत, झप्परसिंह विश्वकर्मा, बीरेन्द्र क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारी, शिक्षक प्रतिनिधि नृपराज ओझा, अभिभावक देवानन्द रिमाल, माधव प्रसाद उपाध्याय, कक्षा १२ का विद्यार्थी हेमन्त साउँद, तिर्थराज भट्टराई लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको अवस्था खस्किरहेकोमा चिन्ता व्यक्त गर्दै सुधारका लागि पहल गर्न सुझाव दिएका छन् । वार्षिकोत्सवमा उत्कृष्ट शिक्षकका रुपमा प्रेम थ्याइत र रुपा जैशी रिमाललाई सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य चेतमान खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक डाक्टर योगेन्द्र बजगाईले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक पदमराज ओझा र लक्ष्मी लम्सालले गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न विधामा प्रथम, द्धितिय र तृतिय स्थान हासील गरेका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।