टीकापुर, १४ साउन/गोपाल अष्टोत्तरसत १०८ कुण्डिय विराट कोटीहोम महायज्ञ सफल बनाउन बिभिन्न सामाजिक अगुवाहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।
अनन्त विभुषित श्री १००८ महामण्डलेश्वर स्वामी इश्वर चैतन्य जि महाराज संयोजक भएको समितिमा महासचिबको जिम्मेवारी भैरब रावललाई दिइएको छ । यसै गरी सचिबमा दयाराम सञ्याल, कोषाध्यक्षमा रामबहादुर भण्डारी रहनुभएको छ भने सह–कोषाध्यक्षमा नरबहादुर कडायत र मकर केसी लाई जिम्मेवारी प्रदान गरिएको छ ।
प्रचार प्रसार उपसमितिको संयोजकमा भुवनेश्वर अधिकारी हुनुहुन्छ भने काठमाण्डौ सम्र्पक गर्नका लागि चेतमान खत्रीलाई जिम्म्ेवारी प्रदान गरिएको छ । लेखन तथा सम्पादनको जिम्मेवारी डाक्टर योगेन्द्र बजगाईलाई दिइएको छ भने भण्डारा उपसमितिको संयोजकमा राजु बम रहनुभएको छ । महायज्ञका लागि थप समिति बन्दै जाने र जिम्मेवारी पनि दिंर्दै जाने तयारीमा लागे को आश्रमका महासचिब पुष्प बमले बताउँनुभयो । उहाँले धेरैलाई जिम्मेवारी बाँडफाँड गर्न बाँकी छ,क्रमशः जिम्मेवारी दिंदै जाँदा काम गर्न सहज हुन्छ भन्नुभयो । “यो हाम्रा लागि ऐतिहासिक महायज्ञ हुनेछ, यस क्षेत्रका हरेक सदस्यले सकेजति सहयोग गर्नुहुने छ भन्ने आशा गरेका छौ ”, बमले भन्नुभयो,“धार्मिक र पर्यटकीय दृष्किोणले मात्र होइन हाम्रो पहिचानका लागि पनि महायज्ञ महत्वपूर्ण छ ।”

ईश्वर प्रेमी सेवा आश्रम टीकापुरको आयोजनामा गोपाल अष्टोत्तरसत १०८ कुण्डिय विराट महायज्ञ कोटीहोम आयोजना हुने भएको छ । आगामी मङ्सिर १२ गतेदेखि सुरु हुने महायज्ञ मंसिर २२ गतेसम्म चल्नेछ ।
१०८ कुण्डमा गोपाल अर्थात भगवान कृष्णकै नामबाट आहुती हुनेछ । सवा करोड माथि आहुती गरिने, यो कोटिहोममा ५ सय जोडीले कर्ताका रुपमा सहभागिता जनाउने अनुमान गरिएको छ । यो कोटीहोम महायज्ञमा १८ पुरायण, ४ बेदको पारायण हुनेछ । यज्ञ प्रकटका लागि पौराणिक हिसावले अग्नी प्रकट भएको ज्वालाक्षेत्रबाट अग्नी ल्याएर यज्ञ शुभारम्भ गरिने चैतन्य महाराजको भनाइ छ ।
उहाँका अनुसार यहाँ नेपालभरिका सन्त, आध्यात्मीक, जगतपुरु, शंकराचार्य र भारतका जगतगुरु समेत उपस्थिति हुनेछन् । १०८ ब्राह्रमण नियुक्ति गरिने, त्यस बाहेक अन्य ब्राहमण राखेर यज्ञ गरिनेछ । महायज्ञमा ११ हजार शालिग्राम एकसाथ राखेर पुजा गरिनेछ । यहाँ विवाह, ब्रतबन्ध तगायतका सबै धार्मिक अनुष्ठान समेत आयोजना हुनेछन् ।