महायज्ञ सफल बनाऔं

सम्पादकीय

भदौ १० गते आएको बाढीले रसुवा र नुवाकोट लगायतका क्षेत्र तहस नहस गरेको   छ । बाढीको प्रत्यक्ष असर यतिखेर सुदुरपश्चिम पनि रोइरहेको छ । देशको अर्थतन्त्रमा ठूलो क्षति भएको छ । यस्तो क्षतिका बिचपनि टीकापुरबासीले थालेको कार्यक्रमलाई अघि बढाउनुपर्ने छ । यो कार्यक्रमले सिंगो सुदुरपश्चिमका लागि सन्देश दिने छ । धार्मिक अुनष्ठानमा हरेक व्यक्ति गम्भिर भएर लाग्नुपर्छ । टीकापुरमा मसिंर १२ गते देखि गोपाल अष्टोत्तरसत १०८ कुण्डिय विराट कोटीहोम महायज्ञको हुन थालेको छ । यो महायज्ञ टीकापुरका लागि धार्मिक र पहिचानका दृष्टिकोणले महत्वपूर्ण छ । यो महायज्ञ बिरलै देख्न पाइन्छ । यस्तो महायज्ञमा सहभागि भएर कर्ताको रुपमा भाग लिने अवसर पनि हो । सामान्यतया घरमा कथा लगाउँदा होस् या अन्य कार्य गर्दा २०÷२५ हजार रुपैया भन्दा बढी लागिहाल्छ । १०८ कुण्डिय महायज्ञमा कर्ता बन्नका लागि सबैले हातेमालो गर्न जरुरी छ । यो अवसर पनि हो । हिन्दु धर्म मान्छु भन्नेहरुका लागि यस्तो महायज्ञमा कर्ता बन्न पाउनु पनि ठुलो अवसर हो । यो अवसर ईश्वर प्रेमी सेवा आश्रम टीकापुरले जुराइदिन लागेको छ । यतिखेर महायज्ञ सफल बनाउन छलफल र काम बिभाजन संगै महायज्ञका लागि आवश्यक पर्ने तिल, जौं देखि बाँस खोज्ने काम भइरहरेको । अर्थको कुरा छ । यो महायज्ञ सम्पन्न गर्न दुई करोड बढी रुपैया लाग्ने अनुमान गरिएको छ । तील , घिउ र चरुकै लागि लाखौं रुपैया खर्च हुनेवाला छ । यसरी महायज्ञमा सरिक हुन धर्म गुरु र भक्तालू भारत र नेपालको बिभिन्न ठाउँबाट आउनेवाला छन् । नेपालकै प्रथम गोपाल यज्ञ यस क्षेत्रमा धर्म, अर्थ, काम र मोक्षका लागि कुण्डीय महायज्ञ गर्न थालिएको हो । टीकापुर क्षेत्रले यो महायज्ञ सफल बनायो भने सकारात्मक सन्देश जान्छ । पछिल्लो समय टीकापुरमा नकारात्मक कुरा बढी हुन थालेका छन् । एकता सद्भावका लागि पनि यो महायज्ञ सफल बनाउन जरुरी छ ।