टीकापुर, १० भदौं/जानकी कम्प्लिट अटो केयर, टीकापुरले यामाहाको XSR १५५ मोटरसाइकल औपचारिक रूपमा सार्वजनिक गर्दै बिक्री–वितरण सुरु गरेको छ ।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले निलो कपडाले ढाकिएको XSR १५५ मोटरसाइकल अनावरण गर्नुभएको थियो ।
अध्यक्ष खड्काले XSR १५५ मोटरसाइकल आकर्षक हुनुका साथै चलाउँदा निकै सहज र आरामदायी रहेको बताउनुभयो । नयाँ डिजाइन र आधुनिक प्रविधि सहितको मोटरसाइकल भएकाले ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो ।
जानकी कम्प्लिट अटो केयरका सञ्चालक हेमन्त रावलका अनुसार XSR १५५ को

मूल्य रु. ५ लाख ३९ हजार ९ सय निर्धारण गरिएको भएता पनि रंग अनुसार मूल्य फरक–फरक रहेको बताउनुभयो । उहाँले मोटरसाइकलको सबैभन्दा ठूलो विशेषता यसको क्लासिक लुक र आधुनिक प्रविधिको संयोजन रहेको बताउनु भयो ।

रावलका अनुसार XSR १५५ मा १५५ सीसीको VVA इन्जिन प्रयोग गरिएको छ । यसले विभिन्न स्पिडमा सहज पावर प्रदान गर्नुका साथै ६–स्पिड गियरबक्सका कारण लामो दूरीसम्मको यात्रा लाई आरामदायी बनाउने उहाँको भनाइ छ ।
गोलो LED हेडलाइट, आकर्षक फ्युल ट्यांक, क्लासिक शैलीको सिट तथा न्यूनतम बडी डिजाइन ले मोटरसाइकललाई विशिष्ट लुक दिएको छ । आधुनिक स्पोट्र्स बाइकभन्दा फरक शैलीमा निर्माण गरिएको XSR १५५ विशेष गरी स्टाइलिस तथा क्लासिक डिजाइन मन पराउने ग्राहकका लागि आकर्षक विकल्प बन्ने संचालक रावलले बताउनु भयो ।

त्यस्तै, मोटरसाइकलमा USD अगाडिको सस्पेन्सन, मोनोसक पछाडिको सस्पेन्सन तथा डिस्क ब्रेकसँग ABS प्रविधि उपलब्ध रहेको छ । यी सुविधाले मोटरसाइकलको नियन्त्रण, सवारी सहजता र सुरक्षामा सहयोग पु¥याउने रावलले बताउनुभयो ।
यामाहा XSR १५५ को नेपालभरका डिलरमार्फत एकै दिन सार्वजनिक तथा बिक्री– वितरण सुरु गरिएको जनाइएको छ ।
कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमल्सीना, जानकी कम्प्लिट अटो केयर सर्भिसका सञ्चालक अनिल रावल, व्यवसायी, बुद्धिजीवी, पत्रकारको उपस्थिति रहेको थियो ।