सम्पादकीय
बुधवार बिहान रसुवाको भोटेकोसीमा आएको बाढीले सयांैको ज्यान लिएको छ,कतिपय बेपत्ता छन् भने कतिको उद्धार गरिएको छ। शुक्रवारसम्ममा करिब साढे चार सय को शब फेला परिसकेका छन् । अझै यसको विवरण आउन बाँकी छ र यो संख्या अझ बढ्ने निश्चित हो । एकातिर ज्यान गएको छ भने सयांै नागरिक घरबार बिहिन भएका छन् । चीनबाट नेपाल आउन लागेका तीन सय बढी सवारी साधन बगाएको समाचार आएका छन् । सरकारी कर्मचारी र बिद्युत आयोजनामा काम गर्न गएका कर्मचारी पनि हराएका छन् । यसबाट के प्रष्ट हुन्छ भने एकछिनमै आएको बाढीले खर्बाै नोक्सान गरेर गएको छ । यतिखेर बिश्व चिन्तित छ । नेपाली मात्र होइन बिश्ज जगत यो बाढीका बारेमा सोच्न सक्दैनन् । त्यस क्षेत्रको जनजीवन तहस नहस त ग¥यो नै समग्र मुलुुकको आर्थिक तहस नहस हुने भएको छ । बाढीले खर्बाै रुपैयाको क्षति भएको छ । व्यक्तिगत सम्पत्ति देखि सरकारी सम्पत्ति नोक्सान भएको छ । यति हुँदा पनि आर्थिक त राज्य बलियो भयो भने भर्पाइ गर्ला तर ज्यानको भर्पाइ हुन सक्दैन त्यसैले बिपत्तिका बारेमा राज्य र नागरिक गम्भिर हुन जरुरी छ । बिपत्ती कहिलै पनि भनेर आउने होइन तर अहिलेको आधुनिक युगमा बिपत्तिको बारेमा सुचना दिने धेरै प्रबिधि आएका छन् । नेपालमा बिपत्ति आएकाबेला एकछिन गम्भिर हुने अनी केही दिनपछि बिर्सदै जाँने बानी भएको छ । तिब्बत हुँदै भोटेकोसीबाट त्रिशुलीमा आउने बाढीले जतिबेला पनि दुख दिनसक्छ भनेर अनुमान गर्न सकेनौं । बिपत्तिका बारेमा त्यस क्षेत्रमा सयौ पटक कार्यक्रम भएका होलान् । यस्तो गम्भिर बिषयमा राज्यले दिर्घकालिन योजना बनाउन जरुरी छ । राज्यले टालटुले नीति बनाएर काम गर्दा सयौंको ज्यान गयो । अहिलेको अवस्थामा को सत्तामा छ भनेर हेर्ने होइन । बिपत्तीले कुन पार्टीको सरकार छ भनेर पनि हेर्दैन । राज्यले विकास त ग¥यो तर त्यो विकास कति टिकाउ छ भनेर पनि बिचार गर्न जरुरी छ । त्यसैले सत्तामा बसेकाहरुले चर्चाका लागि विकासमा पैसा खन्याए तर दिर्घकालिन विकासका बारेमा ध्यान दिएनन् भन्ने प्रमाण पनि हो । बजेट खर्च गर्दा नेताहरुले आफ्नो स्वार्थमा केन्द्रित भएर गरे । आवश्यक्ताका आधारमा योजना बनाएर काम गरेको भए आज यो दुर्दशा हुने थिएन । हो हामीसंग प्रयाप्त साधन स्रोत छैन भएको स्रोत साधनलाई यथोचित रुपमा प्रयोग गर्ने बानी बसाल्न जरुरी छ । नेपालीले बर्सेनी बिपत्ति बेहोर्दै आएका छन् । तसर्थ वर्तमान सरकारले यस्ता विपत्तिका बारेमा ठोस योजना बनाएर काम गर्न जरुरी छ। बिपत्तिको समयमा सबै नेपाली एकभएर बिपत्तिको सामना गर्न लागौं । आफ्नो देशको रक्षा आफै गर्ने हो अर्काले सहयोग मात्र गर्ने हुन् ।