विद्यार्थिले कक्षा छोड्ने समस्या र सामाधानका विषयक संवाद कार्यक्रम

टीकापुर, ३ जेठ/घोडाघोडी नगरपालिकामा बालबालिकाहरु विद्यालय छाड्ने दर न्यूनिकरण गर्न विद्यार्थि र अभिभावकहरुको समस्या पहिचान गरी सोही बमोजिमको योजना बनाईने घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले बताउनु भयो छ ।
शनिबार घोडाघोडी नगर पालिकामा विकासका लागी यूवा ऐक्यबद्धता यार्ड नेपालको आयोजना तथा वल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा भएको विद्यार्थि कक्षा छाड्ने समस्य र सामाधानका विषयक संवाद कार्यक्रममा सो कुरा बताउनु भएका हो ।
कार्यक्रममा बोल्दै घडाघोडी नगरपालिका वडा अध्यक्ष २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले विद्यार्थिहरुले विद्यालय छाड्ने कुरा आर्थिक समस्या, जनचेतनाको कमी, संरक्षणको समस्या जे सुकै भए पनि विद्यालय छाड्ने दर बढ्नु राम्रो नभएको भन्दै यो प्रवृति रोक्न सम्पुर्ण सरोकारवाला पक्ष जिम्मेवार भई प्रतिवद्ध हुनु पर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा अभिभावक वसन्ता शाहीका अनुसार विद्यालदय छाड्ने कारण मध्येको मोबाईलको लत पनि एक हो । आज भोली बालबालिकाहरु खाना भन्दा पनि बढि मोबाईलमा व्यस्त भएका कारण पढाईप्रति रुची नजाने गरेको उहांं बताउनु हुन्छ । यदि अभिभावकले बालबालिकालाई मोबाईलको लत मात्र छुटाउन सक्ने हो भने धेरै कुरामा सुधार हुने उहां बताउनु हुन्छ ।
घोडाघोडी नगरपालिका राष्टि मावि तारा नगरका प्रधानाध्यापक मनोज कुमार जोशीका अनुसार विद्यार्थिले विद्यालय छाड्ने कारण धरै रहे पनि केही कारण विद्यालयले विद्यार्थिको मनोविज्ञान नबुझ्नु पनि एक हो ।
पाठ्यक्रम निकै रसयूक्त र आकर्षण भए पनि शिक्षकले पढाउने शैली र विद्यार्थिले बुझ्ने क्षमता फरक हुंदा पनि यो दर बढेको उहां बताउनु हुन्छ । शिक्ष्ँकले शिक्षण गर्दा विद्यार्थिलाई उत्प्रेरणा सहित रमाउने तरिकाले शिक्षण गर्ने हो भने कही बद सम्म भए पनि कमी आउने उहांको ब्झाई छ ।
कार्यक्रममा बालक्लबकी अध्यक्ष हेमा
 न्यौपानेले विद्यालय भनेको बालबालिकाको जीवनमा आइपर्ने हरेक सिप सिक्ने स्थलका रुपमा स्थापना गरिनु पर्छ । हरेक बालबालिकामा विभिन्न क्षमता हुने भएकोले पढाईसगै खेलकुद लगायत सृजनात्मक कुराहरु पनि विद्यादलयले जोड दिने हो भने विद्यालय छाड्ने दरमा कही कमी आउने उहांले बताउनु भयो ।
कार्यक्रममा विद्यार्थि, शिक्षक, अभिभावक र जनप्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रमलाई सामुदायिक रेडियो टीकापुर एफएमका सहायक म्यानेजर ईश्वर साउदले सहजीकरण गर्नुभएको थियो ।