वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा धनञ्जय प्रसाद रिमाल विजयी

टीकापुर, ११ असोज/टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा धनञ्जय प्रसाद रिमाल विजयी हुनुभएको छ । रिमाल ३७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
निर्वाचन अधिकृत दण्डपाणि पोखरेलका अनुसार अध्यक्षका प्रतिस्पर्धी दयाराम संज्यालले ९ र जगदीश्वर पण्डितले ५ मत प्राप्त गर्नुभएको छ । कुल ७४ जना मतदाता रहेको निर्वाचनमा ५२ मत खसेको थियो । अध्यक्षमा निर्वाचन भए पनि अन्य सदस्य भने निर्विरोध निर्वाचित भएका थिए ।
सदस्यमा महिला तर्फ रेखा अधिकारी,दलिततर्फ राजेशकुमार टमट्टा, जनजातितर्फ किशनलाल डगौरा थारू सर्वसम्मत हुनुभएको छ । खुला ५ जना सदस्यतर्फ बीरेन्द्र बहादुर साउँद, केशरसिंह ठकुरी, नवीन अधिकारी, धर्मबहादुर बिष्ट र झपटबहादुर बुढा चयन हुनु भएको छ ।