सत्तीमा निशुल्क स्वास्थ्य शिविर, २ सय ८५ जनाले उपचार सेवा लिए

टीकापुर, २४ साउन/उज्यालो बहुउद्देश्यीय सहकारी संस्था सत्तीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा २ सय ८५ जनाले उपचार सेवा लिएका छन् । सेवा लिनेमा १६५ महिला र १२० पुरुष रहेका छन् । शिविरमा ५० जनाको नाकको उपचार, २ सय ९ जनाको कानको उपचार र ७८ जनाले घाटीको उपचार गराएका छन् ।
उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सत्तीको आयोजना मा शनिबार सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटीको समस्याको उपचार तथा परामर्श प्रदान गरिएको हो ।
सहकारी संस्थाले बचत संकलन तथा ऋण लगानी गर्नुका साथै  अन्य सामाजिक काम पनि गर्नुपर्ने भएकाले त्यही सामाजिक कार्य अन्र्तगत यो निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको  सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताउनुभयो ।
स्वास्थ्य शिविरमा नाकको एलर्जी भएका, नाकमा मासु पलाय को,ग्याँष्टिकका  कारण घाडीमा अड्कीने समस्या भएका, कान को जालीमा प्वाल परेका बिरामीहरु बढी देखिएको शिविरमा सहभागि नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल शाहीले जानकरी दिनुभयो ।
शिविरमा आएर जाँच गराएका बिरामीलाई यदि अप्रेशन गर्नुपर्ने अवस्था देखिएमा बिएन अस्पताल नेपालगञ्जले विषेश छुटमा अप्रेशन गर्ने योजना रहेको छ । शिविरमा जाँच गराएका केही बिरामीलाई अप्रेशन गर्नु पर्ने देखिएकोले उनीहरुलाई विषेश छुटमा अप्रेशन गर्नको लागि बिएन अस्पताल नेपालगञ्ज रेफर गरिएको अस्पतालका प्रबन्धक सञ्चालक रामबहादुर बोहराले जानकारी दिनुभयो ।
एक दिने निशुल्क स्वास्थ्य शिविरमा आफूहरुले सोचे भन्दा पनि बढीले सेवा लिएको आयोजक उज्यालो बहुउद्देश्यीय सहकारी संस्था सत्तीका अध्यक्ष प्रांकुश चौधरीले बताउनुभयो ।
उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सत्तीको आयोजना मा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा बिएन अस्पताल नेपालगञ्जको प्राविधिक सहयोग रहेको छ ।
सहकारी संस्थाहरुले बचत तथा ऋणका
साथै सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्नु पर्ने हुन्छ, त्यही अनुसार सहकारी संस्थाहरुले समुदायमा विभिन्न किसीमका सामाजिक कामहरु गर्ने गरेका छन् ।