टीकापुर, १५ जेठ/सिकलसेल एनिमिया, थालासेमिया लगायतका रोगको सचेतनाका लागि टीकापुरमा अभिमुखिकरण कार्यक्रम भएको छ । अभिमुखिकरणमा सिकलसेल एनिमिया, थालासेमिया भएका बिरामीलाई उपचारमा सहजता नभएको गुनासो गरेका छन् ।
सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट तथा बरिस्ठ कन्सल्टेन्ट डाक्टर राजन पाण्डेले जनस्वास्थ्य समस्याका रुपमा रहेको वशाणुगत रुपमा सर्ने रोग सिकलसेल र थालेसेमिया दुबैमा प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आयोजित सिकलसेल एनिमिया, थालासेमिया लगायतका रोगहरु को सचेतनाका लागि पालिका स्तरीय अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा डाक्टर पाण्डेले सिकलसेलले विभिन्न समस्या निम्त्याउने बताउँदै यसमा थोरै बुद्धि पुर्याएमा वंशाणुगत रोगलाइ शुन्यमा झार्न सकिन्ने बताउनुभयो ।

टीकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बच्चा रोगी हुनका लागि दुबै रोगी भए मात्र बच्चा रोगी हुने बताउँदै एकजना बिरामी, अर्को निरोगी भएमा बच्चा बाहक मात्र हुने र यसमा पनि परामर्श लिएर विवाह गरेमा बच्चा निरोगी जन्मने बताउनुभयो ।
तथ्याङ्क अनुसार सबैभन्दा बढी सिकलसेलका बिरामी नाइजेरिया मा छन् । छिमेकी देश भारतले सन् २०४७ सम्म सिकलसेल निवारण गर्ने लक्ष्य लिएको छ ।
नेपालमा थारु जातिमा ११ प्रतिशतलाइ सिलकसेल को समस्या छ । जसमा १० प्रतिशत बाहक, १ प्रतिशत रोगी छन् । केटाकेटीमा १ जना नर्मल भए अर्को रोगी भए विवाह गर्न फरक नपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका सिलकसेल फोकल पर्सन बिमला ज्ञवालीले आउँदा दिनमा परिक्षणमा प्राथमिकता दिने, विवाह कुण्डलीबारे बढि परामर्श दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सिकलसेल प्रभावितले दुख पाइरहेका बताउँदै परामर्श तथा निदानका लागि काम स्वास्थ्य केन्द्र खोल्ने टीकापुर पहिलो पालिका भएको बताउनु भयो । ज्ञवालीले २०८१/०८२ मा कैलालीमा २८ हजार ७६१ को स्वास्थ्य परीक्षण गर्दा सिकलसेल का बिरामी ७४० फेला परेका बताउनुभयो ।
टीकापुरमा केन्द्र सञ्चालन, कैलारी गाउँपालिकाले विरामीलाइ १ हजार यातायात खर्च उपलब्ध गराउने गरेको जानकारी दिनुभयो । टीकापुरमा १ हजार ९ सय १४ जनाको रगत परीक्षण गर्दा ३२६ जनामा सिकलसेल टेट्र र ८० जना मा कडा सिकलसेल रोग देखिएको नगरपालिकाले जनाएको छ ।
टीकापुरका जनस्वास्थ्य निरीक्षक केवलसिह सार्कीले १ करोड ८३ लाखमा बनेका बहुउद्देश्यीय भवन स्वास्थ्य सेवा दिन प्रयोग गरिएको बताउनुभयो ।
उहाँले एकीकृत मोडलबाट स्वास्थ सेवा दिने प्रयास भएको बताउँदै शहरी स्वास्थ्य आवश्यकता, सिकलसेल न्युनिकरण प्राथमिकता भएकोले यो सेवा शुुरु गरिएको बताउनुभयो ।
सिकलसेल थालासेमियाका कारण छोरी बिरामी भएर नियमित रगत चढाईरहनु परेकाले आफूहरु लाई निकै कठिन भएको एकजना अभिभावक बताउनुहुन्छ । अर्का सिकलसेल थालासेमियाका बिरामी आफूले उपचार लगायत का कुरामा निकै कठिनाई भोगिरहेको बताउनुहुन्छ ।
टीकापुर अस्पतालका ल्याव टेक्नोलोजीस्ट मरिचमान भुलले परीक्षण गर्ने विधिबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले स्वागत गर्नुभएको थियो । कार्यक्रम सह संयोजक कमल बहादुर रावलले सञ्चालन गर्नुभएको थियो ।