सेयर बजारमा सुधारका संकेत

सम्पादकीय

वर्तमान सरकारले सेयर बजारमा सुधार ल्याउने प्रयास गरेको छ । बिभिन्न नीतिगत कुराहरु सुधार्न नेपाल धितोपत्र बोर्डलाई अर्थमन्त्रालयले निर्देशन दिएको छ । सेयर बजार जोखिमयुक्त बजार हो । जोखिमयुक्त भन्दैमा भित्रि खेलका कारण आम नागरिकलाई फसाउने काम भइरहेको छ जुन सरासर गलत हो । कतिपय संस्थाको आर्थिक अवस्था राम्रो छैन तैपनि बजारमा त्यसको सेयर मुल्य उच्च हुने गरेका छन् । संस्था बलियो हुँदासम्म एकाधिकार बनाएर नाफा खाने अनी पछि घाटा हुने देखेपछि सर्बसाधारणमा सेयर बिक्री गर्ने पनि गरिएको छ । संस्था घाटामा छ तर त्यसको मुल्य एक हजार भन्दा माथि छ । सेयर बजारमा हुने भित्रि खेलमा लगाम लगाउन धितोपत्र बोर्डले कडा निगरानी गरेको छ भने सामाजिक सञ्जालमा आम नागरिक लाई झुक्याउने गरी जथाभावी सुझाव दिनमा रोक लगाउने तयारी गरेको छ । अब आइपियो जारी गर्दा संस्थाको आर्थिक अवस्था बझुेर मात्र जारी गर्न दिने नीति सरकारले ल्याउन थालेको छ । सरकारले आम नागरिकलाई सेयर बजार लगानी गरेर नाफा कमाउने वातावरण बनाउन थालेको छ । आम नागरिकले कम्पनीमा लगानी गरेपछि नाफा पाउने गरी नीति बनाउँदैछ । बर्षाै देखि चाङ लागेका समस्या समाधान गर्न अर्थमन्त्रालय आफै कस्सिएको छ । सेयर बजारमा जनताको पैसा सुरक्षित गर्न प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्ले आफै कस्सिएका छन् भने त्यस मातहतका कर्मचारी पनि इमान्दार पूर्बक लागेका छन् । धितोपत्र बोर्डले सर्टटम र लङटर्मका लागि भनेर समय तोकेर सुधारका कार्यक्रम ल्याउन लागेको  छ । सेयर बजारमा आम नागरिकले सुरक्षित महसुश गर्ने गरी भइरहेका कामले सेयर बजारमा आकर्षण बढाउने निश्चित हो । तसर्थ हरेकले आफ्नो बचत सेयर बजारमा लगाउनुपर्छ ।