सम्पादकीय
निर्बाचन आयोगले स्थानीय र प्रदेश निर्बाचन कहिले कसरी गर्ने भन्ने बारेमा शुक्रबार राजनीतिक दलहरुसंग छलफल गरेको छ । राजनीतिक दलहरुको मिश्रित सुझाव बाहिर आएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापाले पहिला सरकारको धारणा आउनुप¥यो भन्ने बिचार दिएका छन् । आयोगको छलफलमा स्थानीय र प्रदेश निर्बाचन एकै पटक गर्न सकिने बारेमा राजनीतिक दलहरु सकारात्मक छन् भन्ने सामाचार आएका छन् । भित्रि कुरा शिर्ष नेताहरुलाई थाहा होला तर आम नागरिक एकै पटक हुनुपर्छ भन्नेमा छन् । एउटा निर्बाचन गर्न ८ अर्ब बढी खर्च हुन्छ भनिन्छ । ८ अर्ब रुपैयाले जनताका धेरै काम गर्न सकिन्छ । प्रदेश सरकारप्रति आम नागरिक खुसि छैनन् । प्रदेशको निर्बाचन चाडै भए टण्टै साफ भन्नेहरु पनि छन् । निर्बाचनमा जो आएपनि नेपाल र नेपालीको जनप्रतिनीधि आउने हो । प्रदेश सरकारको कमजोर प्रस्तुतिका कारण प्रदेश निर्बाचन चाँडै हुँदा जनता खुसि हुन्छन् । यदि कुनै पनि राजनीतिक दलले स्थानीय र प्रदेशको निर्बाचन फरक फरक मितिमा हुनुपर्छ भन्छन् भने त्यो दललाई जनताले भोट दिनेवाला छैनन् । जनताले तिरेको कर सही सदुपयोग गर्नमा राजनीतिक दलहरु लाग्न जरुरी छ । स्थानीय र प्रदेश निर्बाचन एकै पटक गराउन संबिधान बाधक छ भने पनि सच्याउनुपर्छ । राजनीतिक सहमति भएपछि कानून संशोधन गर्न केही समस्या छैन । कानून देखाएर बजेट सक्ने काम गर्नु हुँदैन । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड भने दुई पटक हुनुपर्ने मनस्थितीमा देखिन्छन् । यदि प्रचण्ड दुई पटक निर्बाचन गराउने खेलमा लाग्ने हो भने जनताले उनलाई तह लगाउने निश्चित हो । सत्तामा आउन गरेको खेल र सत्तामा आएपछि उनको चुरीफुरी जनताले भोगि सकेका छन् । सत्तामा टासिएर बस्न पल्केका प्रचण्ड जे मनमा आयो त्यही बोल्न थालेका छन् । प्रचण्ड मात्र होइन पुराना दलका नेताहरुको व्यबहार र बोली आम नागरिकले नियाली रहेका छन् । तसर्थ राजनीतिक दलले जसरी पनि प्रदेश र स्थानीय निर्बाचन एकै पटक गर्न पहल गर्न जरुरी छ । बाढीले थिलोथिलो भएको मुलुक निर्बाचन धान्न गारो छ भन्ने बारेमा सबैले बुझ्न जरुरी छ । खालि राजनीतिका लागि राजनीति गर्नुको कुनै तुक छैन ।