टीकापुर, ३ जेठ/कैलाली जिल्ला बचत तथा ऋण सहकारी संघले कैलालीको टीकापुरमा विभिन्न सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
संघका अध्यक्ष शिवा थापाको अध्यक्षतामा टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा टीकापुर नगरपालिका तथा जानकी गाउँपालिका क्षेत्रका बचत तथा ऋण सहकारीका व्यवस्थापक तथा अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले संघलाई अभिभावक संघको रुपमा सक्रिय भएर जिम्मेवारी निर्वाह गर्न तथा समग्र सहकारी संस्थाहरु ले विश्वास गर्ने वातावरण तयार गर्न सुझाव दिएका छन् । आगामी दिनमा बिगतमा भएका कमि कमजोरीहरुलाई सुधार गर्दै सदस्यता विस्तार गर्ने तथा सदस्य सहकारी संस्थाहरुबाट नियमित बचत संकलन तथा ऋण लगानीका कार्यक्रमहरु संचालनमा ल्याउने योजना रहेको संघका अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यसको साथै सहकारी संस्थाहरुले सदस्यहरुमा लगानी गरेको ऋण असुलीमा सहयोग पुग्ने गरेर स्थानिय पालिकाहरुको सहयोगमा विशेष योजनाहरु संचालन गर्ने तथा सहकारी संस्थाहरुका लागि आवश्यक विभिन्न खालका तालिम संचालन सम्बन्धि योजना बनिरहेको समेत बताउनु भएको छ । संघले कैलाली जिल्लाका विभिन्न पालिकाहरुमा सुझाव संकलन सहित अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा मंगलबार टीकापुरमा कार्यक्रम संचालन गरेको जनाएको छ ।
कार्यक्रमको संचालन संघका संचालक बद्रि प्रसाद भट्राईले गर्नुभएको थियो ।
कार्यक्रममा सिएमसी कैलाली का अध्यक्ष छबिलाल जैशी, सचिव नरेन्द्र टमट्टा, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष नृपराज भण्डारी, गंगा जमुना बचत तथा ऋण सहकारीका व्यवस्थापक कुशराज भट्राई, एकता बचत तथा ऋण सहकारीका अध्यक्ष झपट बुढा, जागरुक नागरिक सहकारी का व्यवस्थापक निलेश विश्वकर्मा, छिमकी बचत तथा ऋण सहकारी का व्यवस्थापक विरेन्द्र चौधरी लगायतले सुझाव राख्नुभएको थियो ।