टीकापुर, १४ जेठ/नेपाली कांग्रेस टीकापुर वडा नम्बर ८ को सम्मेलन आइतवार भएको छ ।
सम्मेलनमा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता फकिर सिंह कडायतले वडा बलियो भएन भने आम निर्बाचन जित्न सकिदैन भन्नुभयो । ‘‘पार्टीको लक्ष्य संगठन बनाएर तीनै तहको सरकारमा नेतृत्व गर्ने र जनताको सवालमा काम गर्ने हो’’ कडायतले भन्नुभयो,‘‘ विगतमा कांग्रेसले जितेको ठाउँमा अहिले कमजोर भएको छ यसको समिक्षा हुनु पर्छ ।’’
दुई जना केन्द्रिय सदस्यलाई सम्मान
थारु संघका केन्द्रिय सदस्य मान बहादुर चौधरी र बिधिराम चौधरीलाई नेपाली कांग्रेस वार्ड नम्बर ८ ले वडा सम्मेलनको अवसर पारेर सम्मान गरेको छ ।
सम्मान पछि केन्द्रिय सदस्य बिधिराम चौधरीले बिगतमा अधिकांस थारु कांग्रेस थिए अहिले किन टाढिए भन्ने बारे मा पार्टीमा समिक्षा हुनुपर्ने बताउँनुभयो । उहाँले पार्टीमा लगानी गरेका नेता कार्यकर्ताको मानमर्दन गर्ने परम्पराले गर्दा निष्ठावान कार्यकर्ता निरीह भएर बस्नु परेको बताउनुभयो । निष्ठावान कार्यकर्ता एक भएर नलाग्ने हो भने कांग्रेस समाप्त हुने उहाँले चेतावनी दिनुभयो । अर्का केन्द्रिय सदस्य मानबहादुर चौधरीले आज कांग्रेसको सदस्य हुने भोली उम्मेदवारी खोज्ने प्रबृत्तिलाई निरुत्साहित नगर्दा पार्टीमा अराजकता बढ्दै गएको बताउनुभयो । उहाँले पार्टीमा मुल्याकंन गर्ने पद्धतीलाई पारदर्शी गर्नुपर्ने सुझाव दिनुभयो ।

बिशिष्ट अतिथि पूर्ब जिल्ला सहसचिब चिरिञ्जीवि खनालले पार्टीमा निरन्तर लागेका कार्यकर्ताको मुल्यांकन भएन भने पार्टीमा अराजकता मचिन्छ भन्नुभयो । ‘‘मान बहादुर चौधरी र बिधिराम चौधरीलाई थारु संघको केन्द्रिय सदस्य बनाएर पार्टीले न्याय गरेको छ ’’ खनालले भन्नुभयो ,‘ अब दुबै जनाले अवसरका रुपमा लिएर संगठनमा लाग्नुपर्छ ।’’ वडासभापति टिकाराम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य शेरबहादुर साउँद,पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी र नगरसभापति नरेश कुमार खत्रीले वडा बलियो बनाउने सवालमा हरेक कृयाशिल सदस्य सचेत हुन जरुरुी छ भन्दै वडा सम्मलनको शुभकामना दिनुभयो । कार्यक्रममा स्वागत उपसभापति पूरन चौधरीले गर्नुभएको थियो भने सञ्चालन शकंर बिकले गर्नुभएको थियो ।
कार्यक्रममा सभापति चौधरीले वडाको बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।